कोरोनाको निशुल्क परीक्षण र उपचार गराउन ओलीलाई कांग्रेसको चेतावनी, सांसद विकास कोष र दशैं भत्ता खारेज गर्न माग

  |   प्रकाशित :

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमितले आफैं परीक्षण र उपचार खर्च व्यहोर्नुपर्ने सरकारी निर्णयको कडा विरोध गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेको वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई अत्यन्तै गैह्र जिम्मेवार व्यवहार भनेका छन् । संक्रमक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने कांग्रेसको तर्क छ । सरकारले न्यायालय, मिडिया, प्रतिपक्ष कसैको कुरा नसुनेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

उपचारको दायित्वबाट पन्छिए पश्चात त देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य हुने कांग्रेसको भनाई छ । 

कांग्रेसले सांसद विकास कोष, दशैं भत्ता लगायत खारेल गरेर जनताको जीवन जोगाउन लागानी बढाउन कर्तव्य निभाउन पनि सरकारलाई चेतावनी दिएको छ । कोरोना परीक्षण र उपचार निशुल्क रुपमा गरेर महामारीबाट जनतालाई जोगाउन कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई अपिल पनि गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech