Logo

आइतवार, माघ ४ गते २०७७

पाकिस्तानमा इमरान खानको राजिनामा माग्दै आन्दोलन शुरु, ११ बिपक्षी दलको सहभागिता

पाकिस्तानमा इमरान खानको राजिनामा माग्दै आन्दोलन शुरु, ११ बिपक्षी दलको सहभागिता

नेपालपाना कार्तिक ३ २०७७
  • 272
    SHARES
  • पाकिस्तानमा इमरान खानको राजिनामा माग्दै आन्दोलन शुरु, ११ बिपक्षी दलको सहभागिता

    इस्लामाबाद । पाकिस्तानमा कोरोनाभाइरस महामारीका बावजुद इमरान खान नेतृत्वको सरकारविरुद्ध विभिन्न विपक्षी दलहरुले विशाल प्रदर्शन गरेका छन् ।

    विभिन्न ११ वटा विपक्षी दलहरुको गठबन्धनले प्रदर्शन निकाल्दै प्रधानमन्त्री खानको राजीनामाको माग गरेका छन् । इमरान खानलाई असक्षम र लापरवाही भएको उनीहरुको आरोप छ ।  साथै खानको सरकार तानाशाह भन्दा पनि खराब भएको उनीहरुले आरोप लगाएका छन् ।

    सरकार विरोधी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पीडीएम० मा ११ विपक्षी दलहरु सामेल छन् । उनीहरु गत सेप्टेम्बर २० मा उक्त गठबन्धन गठन गरेका थिए । तीन चरणको आन्दोलनको घोषणा गरेका उनीहरुले हालै दोस्रो चरणको आन्दोलन सम्पन्न गरेका छन् ।

    आन्दोलनको रुपमा देशव्यापी र्‍याली, आमसभा र प्रदर्शन भइरहेका छन् । आन्दोलनकै क्रममा उनीहरुले आगामी वर्ष अर्थात् २०२१ को जनवरीमा इस्लामाबादबाट निर्णायक ुलङ मार्चु को पनि घोषणा गरेका छन् ।

    विपक्षी दलका नेताहरुले आइतबार सम्पन्न आमसभामा इमरान खानको सरकार तानाशाही बनेको भन्दै यस्तो प्रवृत्ति अब धेरै नटिक्ने चेतावनी दिए । साथै उनीहरुले यस आन्दोलनलाई निर्णायक आन्दोलन दावी गरेका छन् ।

    भ्रष्टाचार दोषी ठहर भइ जेलजीवन बिताएका नवाज सरिफको पार्टी पाकिस्तान मस्लिम लिग(नवाज ९पीएमएल(एन०, शहिद खकान अब्बासी, पख्तुन्ख्वा मिल्ली अवानी पार्टी, जमियत उलेमा ए इस्लाम फज्ल लगायत पार्टीका प्रमुख तथा उपप्रमुखहरुले आमसभालाई सम्बोधन गरेका थिए ।

    पीएमएल(एनको तर्फबाट भने उपाध्यक्ष मरियम नवाज, ९जो नवाज सरिफकी छोरी समेत हुन्० ले प्रधानमन्त्रीविरुद्ध कडा अभिव्यक्ति दिएकी थिइन् । उनको भाषणको केही घण्टाभित्रै उनका पतिलाई कराँचीस्थित होटलबाट प्रहरी पक्राउ गरेको थियो ।

    प्रधानमन्त्री खानले भने विपक्षीहरुप्रति आफू कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । साथै लण्डनमा रहेका भ्रष्टाचार अभियुक्त नवाज सरिफलाई स्वदेश ल्याएर जेलमा राख्ने प्रतिवद्धता व्यक्त गरे । स्वास्थ्य उपचारका लागि भन्दै अदालतबाट बिदा लिएर बेलायत गएका सरिफ अदालतमा हाजिर हुनुपर्ने अवधि घर्किसक्दा पनि उतै रहँदैआएका छन् ।

    कार्तिक ३, २०७७ सोमवार १६:२१:३५ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana