दशैं भत्ता फिर्ता गर्ने कांग्रेसको निर्णय, ओलीलाई भन्यो, 'कोरोना नियन्त्रण र जनताको उपचारमा खर्च गर'

  |   प्रकाशित :

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाले कोभिड महामारीजस्तो विषम परिस्थितिका बेला जनताको उपचारमा लाग्नुपर्ने बेला सरकारले भत्ता बाँड्नु ठिक नभएको भन्दै कांग्रेसका सबै सांसदले भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन् । अब कांग्रेसका सबै सांसदको भत्ता फिर्ता हुनेछ । अब कांग्रेस सांसदहरुले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्नुपर्नेछ ।

यसअघि गगन थापा, प्रकाशमान सिंह लगायतले व्यक्तिगत रुपमा भत्ता नलिने घोषणा गरिसकेका छन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीका सबै सांसदले भत्ता फिर्ता गर्ने भन्दै फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा खर्च गर्न सरकारलाई भनिएको बताए। जनताको पीसीआर परीक्षण समेत नगर्ने निर्णय गरेर सरकार महामारीमा जिम्मेवारीबाट पन्छिएकोमा समेत कांग्रेसले आपत्ति जनाएको छ ।

जनताको उपचार सरकारले नै गर्नुपर्ने कांग्रेसको माग छ । कांग्रेसले पीसीआर परीक्षण आफै गर्नुपर्ने, उपचार पनि आफै गर्नुपर्ने निर्णय खारेज गर्न पनि माग गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech