क्यानडामा भारतको अगुवाईमा ७ संस्थाले घेरे चिनियाँ दूतावास, उइगर समुदायमाथि क्रुर यातना रोक्न र क्यानडेली नागरिक रिहाईको माग !

  |   प्रकाशित :

काठमाडौं । क्यानडामा चीनविरुद्ध प्रदर्शन भएको छ । उइगुर समुदायमाथि जारी क्रुर यातनाविरुद्ध भारतको अगुवाईमा ७ संगठनले आइतवार दिउँसो क्यानडाको भ्यान्कोभर सहरस्थित भ्यान्कोभर आर्ट ग्यालरीमा रहेको चिनियाँ वाणिज्य दूतावास कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले चिनियाँ कार्यालय घेराउ नै गरेका थिए ।

उनीहरुले उइगुरमाथिको दमन रोक्नुपर्ने र यातना शिविर बन्द गर्नुपर्ने, चिनियाँ हिरासतमा रहेका दुई क्यानडेली नागरिकलाई विना शर्त रिहा गर्नुपर्ने माग राखेका थिए । उनीहरुले ५ घण्टासम्म चिनियाँ महावाणिज्य दूतावास परिसरमा नाराबाजी र र्यालीसहित सहित प्रदर्शन गरेका थिए । 

चीनले उइगर र अन्य जातीय समूहमाथि चरम दमन र यातना दिएर मानवअधिकारको उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले चीनविरुद्ध एक्सन लिनुपर्ने माग पनि राखेका थिए ।
क्यानडा(भारत मैत्री संघका मनिन्दर गिलले चीनको कानुन प्रेस स्वतन्त्रता, बोल्न पाउने अधिकार र संसदीय स्वतन्त्रताका लागि खतरा रहेको बताए । उनले गैरजिम्मेवार गतिविधि र तानाशाही रवैयाका लागि चीनको कडा आलोचना गरे । 

गिलको नेतृत्वमा अवतार जोहल, पल ब्रीच, बलजिन्दर छिमा, परमजित खोस्ला, डाक्टर हकम भुल्लर, आशिष मनरल, मनप्रीत ग्रेल, इरफान राना, सोहैव अलि बाजवालगायत संघसंस्थाका करिब ५ सय जनाले प्रदर्शन गरेका थिए । उनीहरुले कोभिड महामारीको गाइलाइन्सलाई मध्यनजर गर्दै मास्क र सामाजिक दुरीसहित प्रदर्शनमा उत्रिएका थिए । 
क्यानडा भारत मैत्री संघको नेतृत्वमा प्रदर्शन गर्ने ७ वटा संगठनमा निम्न रहेका छन् ।
 
क्यानडा तिब्बत कमिटी,फ्रेण्डस् अफ क्यानडा इण्डिया अर्गनाइजेसन, भ्यान्कोभर सोसाइटी अफ फ्रिडम, डेमोक्रेसी एण्ड ह्युमन राइट्स फर चाइना, भ्यान्कोभर हङकङ पोलिटिकल एक्टिभिस्ट, भ्यानकोभरिटीस् कन्सर्नड एबाउट हङकङ,  भ्यान्कोभर सोसाइटठी इन सपोर्ट अफ डेमोक्रेसी मुभमेन्ट, भ्यान्कोभर उइगुर एसोसियसन रहेका छन् । 
कोभिड महामारीका बीच कार्यक्रम सफल भएकोमा क्यानडा भारत मैत्री संघका नेता गिलले सबैलाई धन्यवाद दिएका थिए ।
 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech