Logo

आइतवार, माघ ४ गते २०७७

कुटनीतिक मर्यादा विर्सेर सक्रिय भएपछी चिनियाँ राजदुतलाई धनराजले पढाए पाठ, चुरीफुरी बन्द गर्न सुझाव !

कुटनीतिक मर्यादा विर्सेर सक्रिय भएपछी चिनियाँ राजदुतलाई धनराजले पढाए पाठ, चुरीफुरी बन्द गर्न सुझाव !

नेपालपाना मंसिर ३ २०७७
  • 166
    SHARES
  • कुटनीतिक मर्यादा विर्सेर सक्रिय भएपछी चिनियाँ राजदुतलाई धनराजले पढाए पाठ, चुरीफुरी बन्द गर्न सुझाव !

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई कांग्रेस नेता धनराज गुरुङ्गले पाठ सिकाएका छन् । 

    सत्तारुढ नेकपाको विवाद मिलाउन यान्छीले खेलेको भूमिकाप्रति प्रश्न उठाउँदै नेता गुरुङ्गले कुटनीतिक मर्यादा नबिर्सिन चिनियाँ राजदूत यान्छीलाई आग्रह गरेका छन् । 

    ‘नेपाली राजनीतिमा बिदेशी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य हुँदैन। कुनै पनि पार्टीको आन्तरिक बिबाद पार्टीको विधि, बिधानबाटै टुंगो लगाउने हो।  बिदेशी राजदूतको अनावश्यक चुरिफुरीले देशको सार्बभौमसत्ता र स्वाधीनतामाथि हस्तक्षेप गर्दछ’, सामाजिक सञ्जाल ट्टिरमार्फत गुरुङ्गले भनेका छन्, ‘यान्छी जी ! कुटनैतिक मर्यादा नबिर्सनुहोस्।’

    सत्तारुढ नेकपाभित्र विवाद चर्किँदै जाँदा चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छन् । उनले विवाद मिलाउन यसअघि झैं भेटघाट र छलफल बढाएकी छन् । मंगलबार राति मात्रै यान्छीले नेकपा विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्दै विवाद मिलाउन दबाब दिएकी छन् । 

    मंसिर ३, २०७७ बुधवार १९:४८:३७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana