काठमाडौं । नेकपा भित्रको आन्तरिक कलहले शुभचिन्तक तथा कार्यकर्ता निराश देखिएका छन् ।
मुलुकमा राजनीतिक स्थिरता र विकास हुने अपेक्षा गर्दै आएका शुभचिन्तक तथा मतदाताहरु निराश बनेका हुन् । शुभचिन्तक तथा मतदाताहरु आफ्ना अपेक्षा पूरा गर्न सरकारले पहल नगरेका कारण निराश बनेका हुन् ।
गठबन्धनका आधारमा चुनावमा झण्डै दुई तिहाइ मत हासिल गरेलगत्तै तत्कालीन एमाले र माओवादीबीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी गठन भए पनि तीन वर्ष बित्न लाग्दासम्म पनि मतदाताको नजरमा न सरकारका काम प्रभावकारी देखिएको छ, न त पार्टी एकता नै मजबुत हुन सकेको छ । परिणामस्वरुप उनीहरु सरकार र नेकपाप्रति असन्तुष्ट देखिन थालेका छन् ।