काठमाडौं । स्वतन्त्र युवाको समूहले माइतीघरमा प्रदर्शन गरेको छ ।
शनिबार बिहान स्वतन्त्र युवाको समूहले चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो । युवाहरुले ‘गो ब्याक चाइना’, ‘नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लेदेको प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए।

लगभग २०० जना युवाहरुले ‘गो ब्याक चाइना’को नारा लगानउँदै प्रदर्शन गरेको जनाइएको छ । स्वतन्त्र नागरिक समूहको नाममा प्लाकार्ड बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरे।

प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा आएका युवाहरूले नेपालकमो उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताए।


