Logo

आइतवार, माघ ४ गते २०७७

नेकपाका स्थायी कमिटी सदस्य पाण्डेलाई आफ्नै कार्यकर्ताले लखेटेपछि...

नेकपाका स्थायी कमिटी सदस्य पाण्डेलाई आफ्नै कार्यकर्ताले लखेटेपछि...

नेपालपाना मंसिर ६ २०७७
  • 177
    SHARES
  • नेकपाका स्थायी कमिटी सदस्य पाण्डेलाई आफ्नै कार्यकर्ताले लखेटेपछि...

    चितवन । नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे आफ्नै निर्वाचन क्षेत्रका जनताबाट लखेटिएका छन् । 

    चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्यकर्ताले लखेटेका हुन् ।

    विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो तर, विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी केपी ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको कार्यकर्ताले आरोप लगाएका छन् । 

    चितवनमा रहेका पाण्डेले विभिन्न कमिटीलाई कार्यक्रम आयोजना गर्न भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै आएका छन् । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइजत मात्र नगरी जनतालाई भ्रमको खेती गरेकोसमेत कार्यकर्ताले आरोप लगाएका छन् ।

    मंसिर ६, २०७७ शनिवार १६:३३:०६ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana