काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि आक्रमण गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीकै ‘लठैत’हरु रहेका छन् ।
चितवनको विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेले ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै प्रम ओलीका ‘लठैत’हरु उनलाई लखेटेका थिए ।
पाण्डे उपस्थित कार्यक्रममा होहल्ला गर्नेहरुमा प्रधानमत्री ओलीको जनसम्पर्क सल्लाहकार सिता पौडेलकी भाईबुहारी मेयर प्रभा बराल (प्रमुख नेतृत्व), मुख्यमन्त्री डोरमणी पौडेलका सल्लाहकार तथा पुर्ब जिल्ला अध्यक्ष जगन्नाथ थपलियाका छोरा साथै प्रदेशका मन्त्री दावा लामाका ज्वाई सुरज थपलिया, प्रदेशका भुमि ब्यावस्था सहकारी तथा कृषी मन्त्री दावा लामाको पिए प्रकाश कालाखेती, प्रदेश मन्त्री दावा लामाको छोरा, केदार आचार्य लगाएतका ४ जना भर्खरका केटाहरु रहेका छन् ।