काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको लठैतहरुलाई दनक दिएका छन् ।
स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्री ओलीका लठैतहरुलाई दनक दिएका हुन् । नेता पाण्डेले भद्र शैलीमा सम्बोधन गर्ने क्रममा ओलीका ‘लठैत’हरु उनलाई लखेटेका थिए ।
सो बिषयलाई प्रचण्डको सचिवालयले अराजनीतिक गतिविधि भनेको छ। प्रचण्डको सचिवालयले ‘अराजकताको पराकाष्ठा, नेकपाका स्थायी समिति सदस्य कमरेड सुरेन्द्र पाण्डेद्वारा आफ्नो क्षेत्र चितवनको राप्तीमा पार्टी बैठकलाई भद्र शैलीमा सम्बोधन गर्ने क्रममा एक समूहबाट अराजनीतिक गतिविधि गरी दुर्व्यवहारको प्रयास भएको छ,’ भनेको छ।
पाण्डेमाथि दुर्व्यवहारको प्रयास गर्ने कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको माग पनि गरिएको छ। प्रचण्डको सचिवालयले भनेको छ, ‘यो गैर राजनीतिक कार्यसँग संलग्न व्यक्ति माथि छानबिन गरी कारबाही होस्।’
चितवनको विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा पाण्डेले ओलीविरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै प्रम ओलीका ‘लठैत’हरु उनलाई लखेटेका थिए ।
पाण्डे उपस्थित कार्यक्रममा होहल्ला गर्नेहरुमा प्रधानमत्री ओलीको जनसम्पर्क सल्लाहकार सिता पौडेलकी भाईबुहारी मेयर प्रभा बराल (प्रमुख नेतृत्व), मुख्यमन्त्री डोरमणी पौडेलका सल्लाहकार तथा पुर्ब जिल्ला अध्यक्ष जगन्नाथ थपलियाका छोरा साथै प्रदेशका मन्त्री दावा लामाका ज्वाई सुरज थपलिया रहेका छन् ।
त्यस्तै, प्रदेशका भुमि ब्यावस्था सहकारी तथा कृषी मन्त्री दावा लामाको पिए प्रकाश कालाखेती, प्रदेश मन्त्री दावा लामाको छोरा, केदार आचार्य लगाएतका ४ जना भर्खरका केटाहरु पनि रहेका छन् ।