Logo

आइतवार, माघ ४ गते २०७७

हुम्लामा सीमा मिचेको विषय उठाउने कांग्रेस नेता शाहीको ज्यानमाथि चिनियाँ थ्रेट, आँफैले गरे खुलासा!

हुम्लामा सीमा मिचेको विषय उठाउने कांग्रेस नेता शाहीको ज्यानमाथि चिनियाँ थ्रेट, आँफैले गरे खुलासा!

नेपालपाना मंसिर ७ २०७७
  • 146
    SHARES
  • हुम्लामा सीमा मिचेको विषय उठाउने कांग्रेस नेता शाहीको ज्यानमाथि चिनियाँ थ्रेट, आँफैले गरे खुलासा!

    काठमाडौं । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले आफ्नो ज्यानमाथि थ्रेट रहेको बताएका छन् । 

    केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशमा विपक्षी दलका नेता शाहीले चीनले नेपाली भूमि मिचेको कुराले आफ्नो ज्यानमाथि नै थ्रेट आएको बताएका हुन् ।

    उनले ‘ग्लोबल टाइम्सको समाचार र चिनियाँ दूतावासको पत्र हेर्दा धम्कीको भाषा छ । मेरो जीउज्यानमाथि नै थ्रेट छ । म विश्वलाई मेरो जीवनमा ‘केही भयो’ भने पनि चिनियाँका कारणले हुनेछ भन्न चाहन्छु ।’ भनेका छन् ।

    उनी नेतृत्वको एक टोलीले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेपछि चीनले आपत्ति प्रकट गरेको छ । यता नेपालस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेको छ भने उता सरकारी मुखपत्र ग्लोबल टाइम्सले नेपाली कांग्रेसलाई भारतपरस्त भनेको छ ।

    शाही टोलीको प्रतिवेदनबारे नेपाल सरकारले प्रतिक्रिया जनाएको छैन । सरकारले हुम्लामा नेपाली भूमि नमिचिएको भनिसकेको छ तर शाही मान्न तयार छैनन् । आफूले सप्रमाण प्रतिवेदन तयार पारेको उनको जिकिर छ ।

    उनले हुम्लामा नेपाली भूमि नमिचिएको प्रमाणित गर्न नेपाल सरकारलाई हाँक दिएका छन् । उनले यस्तै हाँक चीन सरकारलाई पनि दिएका छन् । शाही भन्छन्— मेरो प्रतिवेदन गलत ठहरिए म पद परित्याग गर्छु । दुई देशको संयुक्त प्राविधिक टोली पठाएर अध्ययन गराउन उनको माग छ ।

    मंसिर ७, २०७७ आइतवार १३:१०:१७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana