काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउण्टर दिने रणनीति तयार पारेको छ ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देशभर आफ्नो गुट सक्रिय पारेको आकलनसहित प्रचण्ड पक्षले पनि तल्ला तहसम्मको काउण्टर रणनीति तयार पारेको हो ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई सोहि रणनीतिअनुरुप प्रचण्डले पार्टीको सबै प्रदेश तहमा पठाइएको एक नेताले बताए। ती नेताका अनुसार सचिवालयका अन्य चार नेताहरुको समेत समर्थनमा प्रचण्डले पेस गरेको सो प्रतिवेदनलाई स्थानीय तहसम्म कार्यकर्तामाझ पुर्याउने गरी प्रदेशसम्म पठाइसकिएको छ ।
पार्टीभित्र फुटकै झल्को दिनेगरी ओलीले आफ्नो सक्रियता बढाएपछि कार्यकर्तामा भ्रम नहोस् र राजनीतिक प्रस्तावमा के थियो भन्नेबारे पार्टी कमिटीबाटै जानकारी होस् भनेर सबै प्रदेशमा पठाइएको ती नेताले जानकारी दिए।