काठमाडौं । नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डे सपथ लिएका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले नवनिर्वाचित सांसद पाण्डेलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
सो अवसरमा पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै सभामुख सापकोटाले बधाई ज्ञापन समेत गरे । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन्।
सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको हो ।