नयाँदिल्ली । भारत सरकारले ४३ वटा चिनियाँ एप माथि प्रतिबन्ध लगाएको छ ।
भारतको सूचना प्रविधि मन्त्रालयले सपिङसम्बन्धी वेबसाइट अली एक्सप्रेससहित ४३ वटा चिनियाँ एप प्रयोगमा प्रतिबन्ध लगाएको हो । ती एपहरु सूचना प्रविधि ऐनको प्रावधानअनुसार भारतमा प्रतिबन्ध लगाइएको मंगलबार जनाएको हो ।
भारतको सूचना तथा प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘प्रतिबन्धित एपहरूले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भारतको सुरक्षामाथि खतरा उत्पन्न भएको’ जनाएको छ । मन्त्रालयले भारतको गृह मन्त्रालयको साइबर अपराध समन्वय केन्द्रको विस्तृत प्रतिवेदनका आधारमा ती एपमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।
यसअघि भारत सरकारले २ सय २४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।