छोरा प्रकाशको स्मृतिमा थामिएनन् प्रचण्डका आँशु


नेपाल पाना प्रकाशित: २०७५-८-३ गते
छोरा प्रकाशको स्मृतिमा थामिएनन् प्रचण्डका आँशु

काठमाडौं । गत वर्ष आजकै दिन अर्थात मंसिर ३ गते देहत्याग गरेका पुत्र प्रकाश दाहलको स्मृति कार्यक्रममा प्रचण्ड भक्कानिएका छन् ।ललितपुरको खुमलटारस्थित निवासमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले छोरा प्रकाश दाहालको निधनले घर सम्हाल्ने की पार्टी भन्ने स्थिति आएको भन्दै आम रुपमा सबैको साथ र सहयोगपछि दुवै कुरा सम्हालेको स्मरण गरे ।

उनले भने देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दा गला अवरुद्ध भएको थियो । त्यतिबेला उनले आँसु थाम्न सकेनन् ।

प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।

कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए । कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।


१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !
१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी हमला भएको आज ठीक १८ बर्ष पुगेको छ ।  त्यो बर्षको आजकै दिन संसारकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकालाई अन..

नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 
नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल र चीनका अधिकारीहरु ।  काठमाडौं । आर्थिक र भौतिक विकासमा उत्तरी छिमेकीको बलियो ब्याकअप खोजिरहेको नेपाल र चीनबीच सोमबार भएको तीन सम्झ..

कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"
कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"

काठमाडौं । नेपालले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय भारतको आन्तरिक विषय भएको जनाएको छ । लामो समयसम्म कश्मीर विवादमा मौनता साँधेको नेपालले अन्ततः भारतकै अ..

ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..