कृषिमन्त्री सफल हुँदा उद्योगमन्त्री असफल ? खनाल भन्छन्, म सहित सरकारका पाँच मन्त्री सफल


नेपाल पाना प्रकाशित: २०७५-८-३ गते
कृषिमन्त्री सफल हुँदा उद्योगमन्त्री असफल ? खनाल भन्छन्, म सहित सरकारका पाँच मन्त्री सफल

काठमाडाैं । कृषिविकास तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले वर्तमान सरकारको ९ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।

एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिदै मन्त्री खनालले सरकारको कार्यकाल सफल हुनुका साथै आफू सरकारको सफल मन्त्री भएको दावी गरेका छन् ।

उनले कार्यक्रममा बोल्दै आफूसहित पाँच जना मन्त्री अत्यन्ते सफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडाको काम प्रशंसनिय भएको ठोकुवा गरेका हुन् । 

तर, उनले आफ्नो कार्यक्षेत्र मिचेको भन्दै केहि समय विवादीत बनेका उद्योग मन्त्री मातृका प्रसाद यादवको भने नाम लिनै चाहेनन् । खनालले मन्त्री यादवको नाम लिष्टमा किन पारेनन् भन्ने नेपालपानाको जिज्ञासामा मन्त्रालय स्रोतले भन्यो, कालिमाटी तरकारी बजार अनुगमनको विषयलाई लिएर अत्यन्तै रुष्ट बनेको कारण यसबारे बोल्न मन्त्री ज्यू रुचाउनुहुन्न । 


ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..