यी हुन कांग्रेसबाट निर्वाचित सफल मेयर


नेपाल पाना प्रकाशित: २०७५-८-३ गते
यी हुन कांग्रेसबाट निर्वाचित सफल मेयर

काठमाडौं । नेपाली कांग्रेसबा निर्वाचित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनअपेक्षा अनुसार काम गर्न सफल भएको दावी गरेका छन् ।

मेयर महर्जनले १०० मा ६० प्रतिशत काम गर्न सकेको दाबी गर्दै यसलाई बढाएर ८० पुर्‍याइने ठोकुवा गरेका छन् ।

काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै महर्जनले भने,’ हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं, सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं ।’

चुनावी घोषणा अनुसार काम गर्न भने केहि कठिनाई रहेको भन्दै महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले गर्दा सोचे अनुरुपको काम गर्न नसकिएको जनाएका छन् । 

चुनावी घोषणा अनुसार काम गर्न सकिएको छैन् ।  १८/२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाइँ जस्तै भइरहेको छ’ उनले भने, ‘जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं ।’


ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..