प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !


नेपाल पाना प्रकाशित: २०७५-८-४ गते
प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

काठमाडाैं । दिवंगत युवा नेता तथा प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम पूणयतिथीमा आयोजित सार्वजनिक कार्यक्रममा दोश्रो पत्नी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ ।

तेश्रो श्रीमतिको रुपमा भित्रिएकी खानेपानी मन्त्री बीना मगरले सिर्जनालाई अपमानजनक व्यवहार गरेको खुलेको छ । कार्यक्रम अवधिभर प्रचण्डका छोरीहरु रेणु, गंगा र बुहारी बिनाले उनलाई छुट्टै बसेको अवस्थामा नै अपमानजनक व्यवहार गरेका हुन् । 

नेकपा (क्रान्तिकारी) माआेवादीका अध्यक्ष मोहन वैद्यसंगै बसेका रेणु, गंगा र बीनाले सिर्जनालाई कुनामा बसेको देखेपनि वास्ता नै गरेनन् । यतिमै मात्र नरोकिएकी बीनाले आफ्नो पछाडी ल्याइएकी सिर्जनालाई किन आएको भनेर भनेको त्यहाँ उपस्थित एक व्यक्तिले जनाएका छन् । 

प्रथम पुन्य तिथिमा निकालिएको स्मारिकामा समेत पत्नीको नाममा बीना मगरको मात्रै नाम उल्लेख गरिएको छ भने सिर्जनाको नाम कतै समावेश गरिएको छैन् । तर, सिर्जनाबाट जन्मिएका छोराको भने सन्तानको नाममा नाम उल्लेख गरिएको छ । 

बीना मगर प्रचण्डको निवासमा बुहारी बनेर बसिरहँदा सिर्जना भने पोखरामा बुबाको आग्रह भन्दै नेकपाको राजनीतिमा होमिने गरेकी छन् । 

सिर्जना र प्रकाशबाट जन्मिएका सन्तान प्रसिद्धको नाम अटाउदा त्यहि कोख अर्थात सिर्जना पत्नीको लिष्टबाटै गायब हुनु कत्तिको न्यानसंगत होला त्यो स्वयं प्रचण्ड परिवारले जान्ने कुरा हो, नेकपाका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ।

कार्यक्रमपछि छोरो प्रसिद्धलाई भेटेर जान्छु भन्दै उनी प्रचण्ड निवासभित्र छिरेकी थिइन् । प्रचण्डले नातिलाई आफूसँगै राखे पनि पारिवारिक तनावका कारण बुहारी सिर्जनालाई भने छोरासँग राख्न सकेका छैनन् । सिर्जनाले पनि आफू प्रचण्डकै कारण मुख नखोली बसेको बताउने गरेकी छन् । 


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति
नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्र..

आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 
आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 

काठमाडौं । पश्चिमी वायुको प्रभावले वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानु..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..