कांग्रेसी अध्यक्षले दिनेछन् ३० हजार भत्ता, स्थानीय वासिन्दा चकित


पत्रपत्रिकाबाट प्रकाशित: २०७५-८-५ गते
कांग्रेसी अध्यक्षले दिनेछन् ३० हजार भत्ता, स्थानीय वासिन्दा चकित

नवलपरासी । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष दुर्गाबहादुर राना मगर नेतृत्वको गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर गाउँपालिकामा आउनेलाई ३० हजार रुपैयाँसम्म भत्ता दिने भएको छ ।

बसाइँसराइले गाउँ रित्तिन थालेपछि जिल्लाको विकट गाउँपालिका बौदीकालीले नयाँ जुक्ति निकाल्यो – अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई २५ र पातलो बस्तीमा बस्न चाहनेलाई ३० हजार रुपैयाँ ।

साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । कान्तिपुर दैनिकले लेखेको छ ।

सुविधा र कामको खोजीमा अन्यत्र बसाइँ जाने बढेपछि गाउँसभाबाट पारित गरेर अन्य स्थानीय तहबाट बस्न आउनेलाई भत्ता दिने व्यवस्था लागू गरिएको गाउँपालिकाका अध्यक्ष गाउँँपालिका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताए ।

‘जग्गाधनी पुर्जा भएकाहरूसमेत खेतबारी बाँझै राखेर अन्यत्र बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो,’ उनले भने, ‘यस्तो उपाय अपनाउन बाध्य भयौं ।’ उनले सबै वडाध्यक्षको सल्लाहमा यस्तो निर्णय लिएको जनकारी गराए । 

‘नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौं,’ उनले भने । गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना रहेको गाउँपालिका प्रमुख राना मगरले सुनाए ।

पहाडमा सुविधा नभएका कारण गाउँ छाडेर हिँड्ने र बस्ती रित्तो हुने खतरा देखेपछि यस्तो निर्णय भएको हो । ‘पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन । गाउँमा बस्न कोही मान्दैमान्दैन,’ उनले भने । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नम्बर २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक, ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ । बौदीकाली–१ मिथुकरम र बौदीकाली–३ रकुवामा बसाइँसरी आउनेलाई पनि प्रतिपरिवार ३०–३० हजारका दरले प्रोत्साहन भत्ता दिइनेछ ।

गाउँ रित्तिन नदिन धेरै सन्तान जन्माउने र गाउँ नछाड्नेलाई भत्ता दिनुपर्ने अवस्था आइसकेको स्थानीय सोम सारुले बताए । त्यस क्षेत्रका प्रदेशसभा सांसद विष्णु लामिछानेले बसाइँसराइ रोक्न केन्द्र, प्रदेश र स्थानीय तहले फरक–फरक सुविधा दिनुपर्ने बताए ।

‘पहाडमा कृषि पेसा अवलम्बन गर्नेलाई विशेष नगद दिने र ५ वर्ष खेतीपातीमा समय बिताउनेको परिवारबाट कम्तीमा एक जनालाई आकर्षक मुलुकमा सरकारले नै विदेश पठाउन लगानी गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

१५ वर्षअघि ११ हजार जनसंख्या रहेको यो गाउँपालिकामा अहिले पनि १५ हजार ७ सय ३४ जनसंख्या छ । गाउँपालिकामा ९१ प्रतिशत जनसंख्या मगर समुदायको छ । तनहुँसँग सिमाना जोडिएको र नवलपरासीको विकट पहाडी यो गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने कलेज छैन । वैदेशिक रोजगारीमा गएकाहरूका सन्तान कावासोती, झयालबास, दल्मले, गैंडाकोटमा डेरा गरेर बालबच्चा पढाउने र त्यतै बसाइँ सर्नेक्रम बढ्दो छ ।


विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ
श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ

कैलाली । चुरे गाउँपालिका–६ मड्डमा श्रीमान–श्रीमती मिलेर एक जनाको हत्या गरेको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्था..

मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।  सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चु..