कडा सुरक्षाबीच कसरी पुग्यो गृहमन्त्रालयमा विष, गृहमन्त्रीकै अगाडी युवकले गरे विष सेवन !


नेपाल पाना प्रकाशित: २०७५-८-५ गते
कडा सुरक्षाबीच कसरी पुग्यो गृहमन्त्रालयमा विष, गृहमन्त्रीकै अगाडी युवकले गरे विष सेवन !

काठमाडाैं । तत्कालीन माआेवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ एकजना पूर्व लडाकुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै अगाडि विष सेवन गरेका छन् । 

गृहमन्त्रीलाई भेट्न मन्त्रालयमा पुगेका कालीकोटका ३४ वर्षी कुलप्रसाद भट्टराईले विष सवन गरेका हुन् । गृहमन्त्रीलाई भेटेलगत्तै उनले खल्तीबाट विषको बोतल निकालेर सेवन गरेका थिए । 

भट्टराईले विष सेवन गर्नुको कारण स्पष्ठ हुन नसके पनि माआेवादी युद्धमा समावेश भएका लडाकुलाई समेत गृहमन्त्रालय प्रवेशमा विभिन्न अड्चन थापेर दुख दिएको लगायतका कुराहरुलाई लिएर उनले यस्तो गरेको हुनसक्ने स्रोतले जनाएको छ । 

कालिकोटका भट्टराई गृहमन्त्रीलाई भेट्न कै लागि मन्त्रालयमा पुगेपनि उनलाई त्यहाका कर्मचारीले दुर्व्यवहार गरेको समेत जनाइएको छ । भट्टराईले विष सेवन गरेपछि गृहमन्त्रीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको छ । अहिले उनको उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ । 
 


१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !
१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी हमला भएको आज ठीक १८ बर्ष पुगेको छ ।  त्यो बर्षको आजकै दिन संसारकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकालाई अन..

नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 
नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल र चीनका अधिकारीहरु ।  काठमाडौं । आर्थिक र भौतिक विकासमा उत्तरी छिमेकीको बलियो ब्याकअप खोजिरहेको नेपाल र चीनबीच सोमबार भएको तीन सम्झ..

कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"
कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"

काठमाडौं । नेपालले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय भारतको आन्तरिक विषय भएको जनाएको छ । लामो समयसम्म कश्मीर विवादमा मौनता साँधेको नेपालले अन्ततः भारतकै अ..

ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..