हुसेन कांग्रेस भएकै कारण मुस्लिममाथि अन्याय, खुर्सिद एमाले थिए पैसा पाए


नेपाल पाना प्रकाशित: २०७५-८-६ गते
हुसेन कांग्रेस भएकै कारण मुस्लिममाथि अन्याय, खुर्सिद एमाले थिए पैसा पाए

काठमाडौं । मंगलबार बिहान सुनसरी जिल्ला दुहबीमा हत्या गरिएका फिदा हुसेन नेपाली कांग्रेस भएकै कारण कम्युनिस्ट सरकारले भेदभाव गरेको खुलासा भएको छ ।

दुई महिना अगाडि सुनसरीमै खुर्सिद आलमको हत्या हुँदा तत्काल क्षतिपूर्तिको घोषणा गरेको केपी ओलीको सरकारले मुस्लिम समुदायमाथि पनि भेदभावको नीति राखेको आरोप छ ।

जयबाबा इँटा भट्टातिर लागेका फिदा हुसेन बेलुकी घर फर्किन पाएनन् । श्रीमतीसँगै हिँडिरहेको अवस्थामा उनलाई हतियाधारी अज्ञात समूहले बिहान साढे ६ बजे गोली प्रहार गरेको थियो।

सुनसरीका डिएसपी ज्ञानेन्द्र फूयालका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि अनुसन्धानका लागि एक टोली आएको बताए । केहीलाई पक्राउ गरेर सोधपुछ थालिएको छ ।

घटनापछि स्थानीयले हत्याको क्षतिपूर्ति नभइ हत्यारा पक्राउ गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका छन् ।

स्थानीयले यसअघि पनि हरिनगरामा अर्का मुस्लिमकै हत्या भएको बताउँदै फेरि पनि मुस्लिमकै हत्या भएपछि प्रशासनसँग आक्रोश पोखेका छन् । उनीहरूले मुस्लिम समुदायको सुरक्षा नभएको भन्दै प्रशासनसँग आक्रोश पोखेका हुन् ।

उनीहरूले सुरक्षाको माग गर्दै दुहबी बजारमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । 

प्रहरीले खुर्सिद आलमको हत्यामा भारतीयको संलग्न रहेको र उनीहरू भारतमै लुकेको दाबी गरेको छ । खुर्सिद आलम एमाले भएकाले उनको परिवारलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति दिएको थियो ।

घटना भएपछि इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको समेत चर्चा चलेको थियो । उनीमाथि मुम्बईसहितका विभिन्न स्थानमा भएका बम आक्रमणमा संलग्न भएको आरोप भारतीय पक्षले लगाएको थियो ।


ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..