प्रकाश बीनाबारे चर्चित पत्रिकाले छापेको थियो यस्तो समाचार, सिर्जनाबारे बोल्दा मन्त्रीले कसरी भुलिन अतित ?


बीनाले पहिलो पतिलाई दिएकी थिइन यस्तो धोका !
प्रकाशित: २०७५-८-६ गते
प्रकाश बीनाबारे चर्चित पत्रिकाले छापेको थियो यस्तो समाचार, सिर्जनाबारे बोल्दा मन्त्रीले कसरी भुलिन अतित ?

काठमाडाैं । नेकपाका अध्यक्ष प्रचण्ड छोरा प्रकाशको निधनले विक्षिप्त बनेकै बेला खानेपानीमन्त्री रहेकी बुहारी बीना मगरका कारण तनावमा परेका छन् । 

बुहारी सिर्जना त्रिपाठी र बीना मगर उपस्थित प्रकाशको प्रथम पूण्य तिथिमा खानेपानी मन्त्री समेत रहेकी बीनाले सिर्जनालाई अपमान गरेपछि विवाद सतहमा आएको हो ।

उसो त बीना पनि आफनो पहिलो पतिलाई छाडेर प्रकाशसँग भागेकी थिइन् । तत्कालीन माआेवादीका पूर्णकालिन कार्यकर्ता शंकर अधिकारीसंग विवाह बन्धनमा बाँधिएकी बीना सरस्वति क्याम्पसको सभापति भएकै खण्डमा प्रकाशसँग भागेर विवाह गरेकी हुन् । जतिबेला प्रकाश पत्नी सिर्जना त्रिपाठीले यसबारे खासै मुख खोलन चाहेकी थिइनन् ।  

तर, बीनाले आफू समेत कसैलाई धोका दिएर प्रकाशसंग विवाह गर्न पुगेकी हुँ भन्ने भुलेर सिर्जनाको अपमान गर्दा सिर्जनाको फेसबुकवालमा भने उनको पक्षमा विभिन्न टिकाटिप्पणीहरु भएका छन् ।

अधिकांश उनका समर्थकले अब बोल्न पर्ने बेला आएको भन्दै सिर्जनालाई थप उर्जा समेत दिएका छन् । तर, सिर्जना भने प्रचण्डको मुख हेरेर चुप लाग्ने गरेको उनी निकट स्रोत जनाउँछ । 

यस्तो छ उनको वालमा समर्थकको आवाजः

 

(जनआस्था साप्ताहिकले २०६९ जेठ ३१ मा प्रकाशन गरेको समाचार जस्ताको तस्तै)

बीनासँग हिमाल चढ्दा बबाल

काठमाडौं । अन्तिममा राज्यकोषबाट प्राप्त अनुदान त्यागेर शान्तियात्राका लागि सगरमाथा उक्लेका प्रचण्डपुत्र प्रकाशसहितको टोली काठमाडौं फर्किसकेको छ । तर, ‘राम्रो’ का लागि सर्वोच्च शिखर आरोहणमा निस्किएका प्रकाशले मन थाम्न नसक्दा टोलीभित्रै खैलाबैला मच्चिएको छ ।

सगरमाथा आरोहणपूर्व अभ्यासका क्रममा रसुवाको एलापिक हिमाल जाँदैमा प्रचण्डपुत्र प्रकाश र सरस्वती क्याम्पसकी स्ववियु सभापति बीना मगरबीच सम्बन्ध झांगिएको थियो । यही सम्बन्ध सर्वोच्च शिखर आरोहण दलका सदस्यका लागि निकै टाउको दुखाइको विषय बन्न पुग्यो । पुगेको एक सातामै नाम्चे बजारको लजमै प्रकाश र बीना यति व्यस्त भए कि यी दुईले आरोहण दलका अन्य सहकर्मीलाई उति समय दिनै भ्याएनन् । आरोहण दलका एक सदस्यले बताएअनुसार आधारशिविर नपुग्दै दिङबोचेमा यिनीहरूले देखाएको चर्तिकला हेर्न नसकेर नदेखेझैँ गर्नुपरेको थियो । जब उनीहरू अन्य सहकर्मीसँगै चौथो शिविर पुगे, झनै अचाक्ली भयो । युद्धकालदेखि केही समयअघिसम्म मात्रै प्रचण्डको बडिगार्डका रूपमा खटिएका शरदले जब प्रकाश र बीनालाई चौथो शिविरको टेन्टभित्र आफैँले अप्ठ्यारो अवस्थामा भेट्टाए, त्यहीबेला उनले चेतावनी पनि दिए ।

तर, त्यो घनिष्टता कुनै चेतावनीका सामु झुक्ने कुरै थिएन । अति भएपछि शरद, कृष्ण केसी र जनमुक्ति सेनाका ब्रिगेड कमान्डर सरल सहयात्रीले प्रकाशलाई सम्झाए । तर, त्यो सम्झाइको पनि कुनै काम लागेन । दोस्रो शिविर उक्लिनुअघिको रात बीना बिरामीको निहँुमा बाटो देखाउन गएका सहयोगी (शेर्पा)सागै पालमा पसिन् । त्यो बसाइ भने कुनै अनुचित प्रकारको नभएर महिला र पुरुष हार्दिकतासाथ पुरुष–पुरुष वा महिला–महिला कम्युनमा बसेजस्तो बस्न सक्छन् भन्ने सन्देश दिनेखालको थियो । तर, चौथो शिविर उक्लिएपछि ती शेर्पा बीनाको साथबाट हटाइए । बीनासँगै गएकी ईशु भट्ट स्वास्थ्यले साथ नदिएका कारण तीन–चार रात बीनासँगै बिताएर फर्किइन् । अनि, खाली भएको बीनाको टेन्टमा प्रकाशलाई निम्त्याउन सुरु भयो । कहिले बीनाकहाँ, कहिले प्रकाशकहाँ यी दुईको आवत–जावत बढी नै हुन थालेपछि शरद, सरल र कृष्णले दुवैलाई राखेर ठाउँको ठाउँमै ‘वार्निङ’ दिए । तर, दुवैले ‘हैन–हैन, कहाँ त्यस्तो हुनु ?’ भन्दै कुरा टारे ।

यसबारे वास्तविकता बुझ्न आरोहण दलका सदस्य शिव डाँगीलाई जनआस्थाले फोन गर्दा उनले सुरुमा ‘एकछिनपछि भन्छु’ भने । तर, त्यसपछिका फोन उठाएनन् । बरु, प्रकाशलाई रिपोर्टिङ गरिभ्याएछन् र प्रकाशले फोन गरेर भने, ‘दाइ, शिव डाँगीलाई केही सोध्नुभएको थियो रे ? त्यस्तो केही पनि होइन दाइ ! नछापिदिनुस् है ।

 


ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..