रणवीर आलियालाई लिएर पुगे अस्पताल, चर्चा चुलियो आलिया गर्भवती भएको !


नेपाल पाना प्रकाशित: २०७५-८-६ गते
रणवीर आलियालाई लिएर पुगे अस्पताल, चर्चा चुलियो आलिया गर्भवती भएको !

काठमाडाैं । रणवीर कपुरले आलिया भट्टलाई अस्पताल लिएर गएको भिडियो बाहिरिएपछि सामाजिक संजालमा आलिया गर्भवती भएको कुराले चर्चा पाएको छ । मंगलबार रणवीरले आलियालाई मुम्बइको जुहुस्थित एक अस्पताल लिएर गएका थिए ।

यो घटनाको भिडियो बाहिरिएपछि आलिया गर्भवती भएको चर्चा बढेको हो । सामाजिक संजाल प्रयोगकर्ताहरुले आलिया गर्भवती भएको अड्कल काट्दै विभिन्न ट्रोल बनाइरहेका छन् ।

आलिया गर्भवती भएका कारण रणवीरले अस्पताल लिएर गएका भने होइनन् । ‘ब्रह्मास्त्र’ फिल्मको सुटिङका क्रममा आलियालाई चोट लागेपछि रणवीरले उनलाई लिएर अस्पताल गएका थिए ।

यी दुई यही फिल्मको सुटिङका क्रममै नजिकिएका हुन् । सुटिङका क्रममा उनीहरु लामो समय बुल्गेरियामा बसेका थिए । त्यही क्रममा उनीहरुबीच निकटता बढेको बताइन्छ ।

त्यसपछि उनीहरु सोनम कपुरको रिसेप्सन पार्टीमा पनि सँगसँगै थिए । एक अन्तरवार्ताको क्रममा आलियाले भने आफूहरु साथीमात्र भएको बताएकी थिइन् तर रणवीरले भने एक अन्तरवार्तामै यही विषयमा सोधिएको प्रश्नमा घुमाउरो पारामा सम्बन्ध स्वीकार गरेका थिए । उनले भनेका थिए ‘यो अहिले नयाँ नै छ यसलाई परिपक्व हुन दिनुहोस् ।’


‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)
‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका मीना निरौलाले  ‘आ है तीज आयो’ बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र स..

नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री
नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री

काठमाडाैं। नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन&rsq..

‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक
‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लभ डायरीज’को प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको छ ।  अर्जुन..

उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की
उदित नारायण झालाई पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की

काठमाडौं । भारतीय मिडियाका अनुसार पछिल्लो एक महिनादेखि गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको छ ।   झाले पछिल्लो एक महिनादेखि कोही व्यक्तिले फोनमा हानी नोक्सान..