निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद


नेपाल पाना प्रकाशित: २०७५-८-७ गते
निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद

काठमाडौं । विवाहपञ्चमिको अवसरमा जन्ती बनेर जनकपुर आउन लागेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणबारे कांग्रेस उपसभापति एवं पुर्वसपप्रधानमन्त्री विमलेन्द्र निधिले गरेको टिप्पणीबारे भारतीय सत्तारुढ दल भाजपा नै अचम्ममा परेको छ 

भारतीय दुतावात निकट उच्च स्रोतका अनुसार निधिले नेपाल-भारतको सम्बन्धमा दरार पैदा गर्ने मनशायले अनर्गल प्रचार गरेर आदित्यनाथको अपमान गर्न खोजेको जनाएको छ । तर, भारतीय पक्षले भने नेपाल-भारत सम्बन्ध बिग्रिन नदिन सतर्क रहेको दावी गरेको छ । 

दुतावास निकट एक उच्च कर्मचारी भन्छन्, 'रेल वे उद्घाटन मुख्यमन्त्रीबाट हुने कुरै होइन्, दुवै मुलुकको सहमति र सहकार्यका आधारमा हुने कुरा हो । नेपाल सरकार र भारत सरकारबीच आैपचारिक रुपमा संवाद होला अनि उद्घाटनको बारेमा टुङ्गो लाग्ला । निधिले भनेजस्तो भइ हाल्छ भन्ने होइन । भारतले नेपालको सार्वभाैमिकतालाई उच्च सम्मान गर्छ ।' 

जयनगर–जनकपुर–कुर्खा रेल्वेलाई दुई देशका सरकारका प्रतिनिधिले उद्घाटन गर्नेछन्’, ती कर्मचारी भन्छन्, ‘नेपाल र नेपालीको अपमान हुने गरेर भारतले कुनै पनि कार्य गर्दैन । मुख्यमन्त्री योगी आदित्यनाथ धार्मिक कार्यक्रममा सहभागी हुन आउनुहुन्छ । रेल्वे उद्घाटन गर्न केन्द्रीय मन्त्री आउनुहुन्छ ।’

सम्बन्धित समाचारः

आदित्यनाथमाथि खनिएका कांग्रेस नेता विमलेन्द्र निधि पश्चिमा शक्तिको एजेन्ट भएको आरोप, रहस्यको पर्दा खुल्यो यसरी

कांग्रेसका नेता निधिले योगी आदित्यनाथको नाम बीचमा ल्याएर रेल्वे परियोजनामा जोडेर राजनीति गरेको भारतीय राजदूतावासको बुझाइ छ । ‘निधिजी कि यसो गरिरहनुभएको छ हामीले बुझेका छैनौँ’, ती उच्च अधिकारीले भने, ‘रेल्वे दुई सरकारबीच बराबरी लेबलमा उद्घाटन हुन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री आउनु हुन्छ । उहाँ धार्मिक कार्यक्रममा सहभागी हुनुहुन्छ ।

रेल्वे उद्घाटन योगी आदित्यनाथबाट हुँदैन ।’ भारतीय राजदूतावास र जनकपुरका स्थानीयहरू निधिको क्रियाकलापबाट समस्यामा परेका छन् । निधिलाई विकास र धर्मविरोध नेताका रुपमा उनीहरूले चित्रण गर्न थालेका छन् ।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..