हिन्दु राष्ट्र पुनर्स्थापन र ज्ञानेन्द्रलाई राजा बनाउन अन्तिम लडाई गरिने, यी हुन् कमाण्डर (भिडियो सहित) 

  |   प्रकाशित :

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अन्तिम लडाई लड्ने उद्धघोष गरेका छन् ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले भने,‘अब हामी हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि संघर्ष गर्ने हो, हिन्दूराष्ट्र पूर्नस्थापना गर्न हामी अब सडकमा आउँछौं।’

यसको लागि राज्यबाट दमन भए आफूहरु जस्तोसुकै कदमपनि उठाउन सक्ने पनि चेतावनी दिए । त्यस्तै उनले आफूहरु राजसंस्थाको पक्षमा रहेको सुनाउँदै भने,‘हामी राजसंस्थाको पक्षमा छौं । हामी पहिलेकोजस्तो सक्रिय राजतन्त्रको पक्षमा छैनौं । संवैधानिक राजसंस्थाको पक्षमा छौं । शाहवंशको कुरा गर्दा अबको राजाप ज्ञानेन्द्र नै हो । उहाँलाई नै राजा बनाउँछौं।’

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अब हुने जनकपुर भ्रमणलाई आफूहरुले स्वागत गरेको बताए । उनले भने,‘उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’

त्यस्तै उनले भारतले नै हिन्दूराष्ट्र ब्युँताउने कुरामा आफूहरुलाई स्वीकार्य नहुने जिकिर गरे । अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले पार्टी एकताको लागि राजसंस्था मान्ने सहमति भैसकेको पनि जनाए ।

उनले अब आफू एकताको लागि रुमलिएर नबस्ने पनि स्पष्ट पारे । उनले थपे,‘म रुमलिएर बस्दिन् । अब देशभरि जान्छु ।’ रिपोर्टर्स नेपाल डटकम बाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech