सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?


नेपाल पाना प्रकाशित: २०७५-८-८ गते
सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

काठमाडाैं । विप्लव निकट नेकपाले आज राजधानीको भृकुटिमण्डपमा आयोजना गरेको कार्यक्रम देखेर प्रचण्ड चकित परेका छन् । 

प्रधानमन्त्री केपी शर्मा आेलीले सुरक्षा संयन्त्रका अधिकारीहरुलाई बोलाएर लिएको रिपोर्ट सुनेपछि प्रचण्ड चकित परेका हुन् । प्रधानमन्त्री  आेलीले प्रचण्डलाई फोन गरेर विप्लवको सभाबारे जानकारी गराएपछि उनले तत्काल केहि नगरे देशमा भयानक दुर्घटना हुन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको उच्च स्रोतले जानकारी दिएको छ । 

गृह स्रोतका अनुसार विप्लवका कार्यकर्ता शालिन र अनुशासित ढंगले लाइनमा लाइन मिलाएर कटिबद्ध ढंगले प्रस्तुत हुनु सामान्य कुरा नभएको र विप्लवको पार्टीले शक्ति संचयमा उल्लेख्य प्रगति गरेको रिपोर्टि ङगरेको छ । 

सुरक्षा संयन्त्रको विस्तृत ब्रिफिङ सुनेपछि आत्तिएका प्रधानमन्त्रीले यसबारे गम्भीर छलफलको जरुरी रहेको भन्दै प्रचण्डसँग बताएका छन् । 

तर, उता प्रवक्ता खस्गबहादुर विश्वकर्माले भने सरकारसँग लड्न स्ने सामार्थ्य भएको भन्दै राष्ट्रघातका विरुद्ध डटेर सामना गर्ने चेतावनी दिएका छन् । 







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..