दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाइ टेर्दैन ‘ब्युरोक्रेसी’ले, कार्यन्वयन हुनसकेन सयकडौ निर्णय !


पत्रपत्रिकाबाट प्रकाशित: २०७५-८-९ गते
दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाइ टेर्दैन ‘ब्युरोक्रेसी’ले, कार्यन्वयन हुनसकेन सयकडौ निर्णय !

काठमाडौं । सरकारका अधिकांश निर्णय कार्यान्वयन नहुँदा नागरिकमा निराशा छाउन थालेको छ । सरकार गठन भएको आठ महिना पूरा हुँदा पनि नतिजामुखी कामको शुरुवात हुन सकेको छैन । प्रधानमन्त्री स्तरबाट निर्णय कार्यान्वयनका लागि ब्युरोक्रेसी’लाई निर्देशन दिइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो । यो अवधिमा सयौं निर्णय भएको देखिन्छ, जस । अन्तर्गत २०७४ फागुनमा ५२, चैतमा ४३, २०७५ वैशाखमा ६९, जेठमा १ सय ८, असारमा २८, साउन र भदौमा १ सय ३५ र असोजमा १ सय १६ वटा निर्णय भएका छन् ।

कहिले कति निर्णय रु
२०७४
फागुन–५२

चैत्र–४३

२०७५
वैशाख– ६९,

जेठ–१०८

असार–२८

साउन १३५

भदौ–१३५

असोज–११६

मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदमुकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहित रंगशाला बनाउने, प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय खोल्ने निर्णय गरेको थियो । तर ती निर्णय कागजमा मात्रै सीमित भएका छन ।

सरकारले आफैँले गरेको निर्णय कार्यान्वयन नआउनुलाई सर्वसाधारण नागरिक सरकारकै कमजोरी रहेको बताउँछन् । उनीहरूले दुई तिहाइको स्पष्ट मत पाएर पनि आफ्ना निर्णय लागू गराउन नसक्ने सरकारप्रति आक्रोशसमेत पोखेका छन ।

नुवाकोट, विदुरका गोकर्ण श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कम्युनिस्ट सरकारले केही गर्छ कि भन्ने आशा थियो । केही कम गर्न सकेको छैन । जिताएर त पठाइयो । अहिले पो पछुतो लाग्न थालेको छ ।’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताले समेत आफ्नै सरकारको खुलेर आलोचना गर्न थालेका छन् । सरकारले निर्णयहरु कार्यान्वयनका लागि अनुगमनको पनि अनुगमन कार्ययोजना अघि बढाएको थियो । तर आम नागरिक यसबारे अनभिज्ञ छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।


विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ
श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ

कैलाली । चुरे गाउँपालिका–६ मड्डमा श्रीमान–श्रीमती मिलेर एक जनाको हत्या गरेको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्था..

मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।  सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चु..