योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !


नेपाल पाना प्रकाशित: २०७५-८-१० गते
योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई लक्षित गर्दै जनकपुरको विवाहपञ्चमीलाई विवादीत बनाउने कार्यमा लागेको आरोप लगाएका छन् । 

जनकपुरमा आयोजित विद्यापति ट्रष्टको विद्यापति स्मृति पर्वको समापन समारोहमा बोल्दै शनिबार संयोजक महतोले उपसभापतिले जनकपुरवासीको भावनामाथि खेलवाड गरेको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई पूर्ण सफलताको शिखरमा पुर्याउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने जिकिर गरेका छन् । 

संयोजक महतोले भनेका छन्, जनकपुरवासीले अत्यन्त आह्लादका साथ रामजानकी विवाहमहोत्सवको अवसरमा मुख्यमन्त्री योगीलाई जनकपुर आउनबाट रोक्नु भनेको यहाँको सांस्कृतिक सम्पदा, धरोहरलाई उचित सम्मान नदिनु हो । निधिले त्यहाँको सांस्कृतिक संरक्षण तथा विकासमा बारम्बर अवरोध खडा गरिराखेको भन्दै उनले यस्तो कार्य नगर्न चेतावनी समेत दिएका छन् । 

यस्तै महतोले आफू पूर्व अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको स्वयम् हस्ताक्षरित तथा बहुमतबाट चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजकको रुपमा निर्वाचित भएको दावी समेत गरेका छन् । 
 







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..