प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः व्यक्ति र निजी संस्थाको स्वार्थमा पार्टी र सरकारको दुरुपयोग गर्न मिल्छ ?


सरकारले राष्ट्र हित र कुटनीतिक मर्यादामा ख्याल राख्नु पर्दैन ?
नेपाल पाना प्रकाशित: २०७५-८-१४ गते
प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः व्यक्ति र निजी संस्थाको स्वार्थमा पार्टी र सरकारको दुरुपयोग गर्न मिल्छ ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न नमिल्ने भन्दै आक्रोस व्यक्त गरेका छन् । 

एसिया प्यासिफिक समिट सम्मेलनमाथि खनिएका नेता रावलले शान्तिका नाममा सम्मेलन गर्नेहरुले खर्च गरेको पैसाको स्रोत नखुलाए सरकारले खोजेर सार्वजनिक गर्नुपर्ने माग राखेका हुन् । 

सरकारले एनजिआेको कार्यक्रममा सवारी साधनमा लगाएको जोर विजोर प्रणालीको समेत विरोध गरेका नेता रावलले विदेशी पाहुनाको स्वागत गर्ने भन्दै देखाएको रवैया समेत कुटनैतिक मर्यादा भन्दा बाहिरको कुरा भएकाले सरकारले आफ्नो मर्यादा भुल्न नहुने जिकिर गरेका छन् ।

शान्तिको नाममा नेपाललाई क्रिडा भुमि बन्न नदिन सरकार जनताप्रति उत्तरदायी भएर कार्यक्रम गर्ने खर्च कसरी कहाँबाट आयो भन्ने कुरा बाहिर ल्याउन आयोजकलाई चुनाैति समेत दिएका छन् । यदि यस्तो नगरिए सरकार आफैले अनुसन्धान गरेर बाहिर ल्याउनुपर्ने तर्क नेता रावलको छ ।

हेर्नुहोस् नेता रावलको ट्विटः

कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु परयो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।

— Bhim Rawal (@BhimRawal179) November 30, 2018

 







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..