विदेशी देखेपछि भुतुक्कै प्रधानमन्त्री: विवादित कार्यक्रमका पाहुना भेट्न दुई दिनदेखि सोल्टी होटेलकै बास


नेपाल पाना प्रकाशित: २०७५-८-१४ गते
विदेशी देखेपछि भुतुक्कै प्रधानमन्त्री: विवादित कार्यक्रमका पाहुना भेट्न दुई दिनदेखि सोल्टी होटेलकै बास

काठमाडाैं । विवादीत बन्दै गएको एनजिओको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली विदेशी पाहुनासँग छलफल गर्ने भन्दै दुई दिनदेखि होटेल सोल्टीमा बास बस्दै आएका छन् । 

सरकारी निवास बालुवाटार छाडेर होटेल सोल्टीको खान्कीमा पल्केका प्रधानमन्त्री ओली बिहिबार साँझदेखि नै होटेलको बसोवासमा रमाइ रहेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटार छोडेरै ओली पत्नी राधिका र परिवारसँगै सोल्टीमा बस्ने छन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार ओलीले राति सोल्टीमा केही विदेशी पाहुनासँग वार्ता गर्ने छन् ।

क्रिश्चियन धर्मको प्रचार गर्ने गरको आरोप खेप्दै आएको संस्थाको नेपाल शाखाले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार सह-आयोजक बनेपछि बढेको विवादका कारण उक्त निर्णयबाट पछि हटेको सरकारका प्रधानमन्त्री ओली होटेलमै बसोबास गर्नुले समेत शंका उत्पन्न भएको छ । यस्तै, सवारी आवागमन सहज बनाउने भन्दै लगाइएको जोर-विजोर प्रणाली समेत विरोधका वावजुत फिर्ता लिनु परेको थियो ।

सम्बन्धित समाचार शिर्षक:

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः व्यक्ति र निजी संस्थाको स्वार्थमा पार्टी र सरकारको दुरुपयोग गर्न मिल्छ ?

प्रधानमन्त्री ओलीको साथमा नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिसँगै रहने छन् । शुक्रबार राति ओलीले त्यहाँ केही विदेशी पाहुनासँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग ओलीले दुई देशबीचको व्यापारिक सम्झौता सोल्टी होटलमै गरेका थिए ।

समिटमा सहभागी हुन् चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ नेपाल आएका छन् ।  समिटमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, सभामुखसहित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।
 


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..