कहाँबाट सञ्चिालित छिन् सरिता ? मुख्यमन्त्री राउतका प्रशंसनीय कामको किन विरोध गर्छिन् ?


नेपाल पाना प्रकाशित: २०७५-८-१५ गते
कहाँबाट सञ्चिालित छिन् सरिता ? मुख्यमन्त्री राउतका प्रशंसनीय कामको किन विरोध गर्छिन् ?

काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम नेपालकी नेतृ एवम् प्रतिनिधि सभा सांसद सरिता गिरीले प्रदेश दुईको आफ्नै दलको सरकारको कटु आलोचना गरेकी छन् ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नै दलको नीति अनुसार काम गर्दै आएका छन् । उनले हिन्दू, मुस्लिम वा जुन कुनै समुदायलाई बराबरीमा राखेर काम गर्दै आउँदा पनि विभिन्न आक्षेपहरू लाग्ने गरेका हुन् । हुन त मोहम्मद लालबाबु राउतले मुख्यमन्त्रीको शपथ लिएपछि जानकी मन्दिरमा पुगेर पूजा पनि गरेका थिए ।

हिन्दूसँग सम्बन्धित कार्यक्रमहरूमा बेला बेला सहभागी हुने गरेका छन् । तर, लालबाबु राउतलाई उनकै दलकी नेतृ सरिता गिरीले कठोर आलोचना गरेकी छिन् । उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री राउतको आलोचना गरेकी छन् ।

उनले भनेकी छिन्, ‘प्रदेश २ को सरकार मन्दिर र मदरसाको राजनीतिमा अल्झिसकेको छ ।’ बेलाबेला उट्पट्याङ स्टाटस लेखेर आलोचना खेप्दै आएकी गिरीको यो स्टाटसले फेरि धेरैलाई झस्काएको छ ।

प्रदेश दुईका मुख्यमन्त्री राउतले हिन्दू, मुस्लिम सबैलाई मिलाउन खोज्दा आफ्नै दलकी नेतृ गिरीबाट आएको आलोचनाले विभिन्न आशंका जन्माएको छ । नेतृ गिरी कहाँबाट सञ्चालित छिन् भनेर प्रश्न उठाएका छन् । नेतृ गिरी कतै क्रिश्चियनबाट निर्देशित छिन् कि भनेर आशंका उब्जिन थालेको छ ।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..