मुख्यमन्त्री गुरुङ भन्छन्: ‘राजतन्त्र पुर्नस्थापनाको ग्राइन्ड डिजाइनमा कांग्रेस र भारत लागेका छन्’


नेपाल पाना प्रकाशित: २०७५-८-१६ गते
मुख्यमन्त्री गुरुङ भन्छन्: ‘राजतन्त्र पुर्नस्थापनाको ग्राइन्ड डिजाइनमा कांग्रेस र भारत लागेका छन्’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र भारतले राजतन्त्रको पुर्नस्थापनाको गृहकार्य गरिरहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गुरूङले नेपाली कांग्रेसले घुमाइफिराई देशमा राजतन्त्र ल्याउन चाहेको आरोप लगाउँदै भारतले गणतन्त्र दिवसमा पूर्वराजालाई बोलाउने विषय ठूलो ग्राइन्ड डिजाइनका साथ बाहिर आएको तर्क समेत गरे।

कांग्रेस महामन्त्रीले हिन्दुराष्ट्रको वकालत गर्नु, यही समयमा राप्रपाका बिचमा पार्टी एकताको प्रसङ्ग उठ्नु कम्युनिष्ट पार्टीबीच भएको एकताको विरुद्ध विभिन्न चलखेलहरु भएको भन्दै उनले भारतले नेपालमा अस्थिरता ल्याउन चाहेको आरोप लगाए। उनले पुरानो मानसिकता र संरचना परिवर्तन नहुँदा सरकारको कामले गति लिन नसकेको बताए।

‘देशमा शासक र शासन गर्ने शैली फेरिए पनि सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्रमा पुरानै मानसिकता कायम रहँदा अपेक्षाकृत काम हुन नकिएको छैन्,पुरानै मानसिकता र संरचनाका कारणले गर्दा सरकारले काम गरेपनि प्रभावकारी नदेखिएको बताउँदै कार्यान्वयन गर्ने तौर तरिकामा पनि परिवर्तन ल्याउन जरुरी छ’ गुरूङले भने। याे खबर अाजकाे नागरिक दैनिकमा छ।


विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ
श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, दम्पती पक्राउ

कैलाली । चुरे गाउँपालिका–६ मड्डमा श्रीमान–श्रीमती मिलेर एक जनाको हत्या गरेको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्था..

मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन
मन्त्रीहरूबीच मतभेद चुलिँदै, कतिपयको बोलचाल नै छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ ।  सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चु..