चीनको नाकाबन्दी कहिले खुल्छ, आेली सरकारलाई चीनले मान्यता दिएन्ः विश्लेषक प्याकुरेल


नेपाल पाना प्रकाशित: २०७५-८-१६ गते
चीनको नाकाबन्दी कहिले खुल्छ, आेली सरकारलाई चीनले मान्यता दिएन्ः विश्लेषक प्याकुरेल

काठमाडाैं । नेपाल-चीन सम्बन्ध सुधारिएको भन्दै सरकारले दावी गरे जस्तै नसुधारिएको भन्दै राजनितिक विश्लेषक डा. उद्धव प्याकुरेलले ठोकुवा गरेका छन् । 

ओली नेतृत्वको सरकारले चीनसँग सम्बन्ध सुधार्न नसकेको कारण नै तातोपानी र कोदारीतर्फको नाका अझैसम्म नाकाबन्दी यथावत रहेको जिकिर गरेका हुन् । 

प्याकुरेलले भने, सरकारले अंगिकार गरेको परराष्ट्र नीति नै गलत छ । चीनले सरकारको स्विकार्यतालाई अझैंसम्म मानेको छैन् । होइन भने आजसम्म नाकाबन्दी हुनुका पछाडि के कारण छ ?

तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पाैडेलले भने चीनले नाकाबन्दी गरेको नभई नेपाल सरकारले नै पूर्वाधार निर्माण गर्न नसकेका कारण नाका खुल्न नसकेको बताए ।

तर प्याकुरेलले भने चीनलाई मनाउन नसकेका कारण नाकाबन्दी नखुलाइएको जिकिर गरे । सरकारले परराष्ट्र सम्बन्धलाई पनि सुधार गर्न नसकेको प्याकुरेलको तर्क छ ।

नेता पौडेलले केपी ओली नेतृत्वको सरकारले बाघको गति लिनुपर्नेमा खरायोको गतिमा हिँडेको भन्दै असन्तुष्टी भने पोखे ।
 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..