१९ जनाबाट थालिएको माआेवादी युद्धका यी थिए मुख्य सुत्रधार, अहिले को कहाँ हेर्नुहोस् !


नेपाल पाना प्रकाशित: २०७५-८-१६ गते
१९ जनाबाट थालिएको माआेवादी युद्धका यी  थिए मुख्य सुत्रधार, अहिले को कहाँ हेर्नुहोस् !

काठमाडाैं । तत्कालीन माआेवादीले नेपालमा जनयुद्ध सुरु गर्दा कस्तो अवस्था थियो होला ? कति थिए होला केन्द्रिय कमिटिमा यो आम चासोको विषय बन्न सक्छ । 

अहिले माआेवादी भन्ने नाम नै छाडेर नेकपा बन्दा युद्धका कमाण्डर प्रचण्डले यस्तै सोचेका थिए होला? पक्कै पनि युद्ध सुरु गर्दा यस्तो थिएन । यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ, प्रचण्डबाट छुट्टिएर गएका मोहन बैद्य 'किरण', डा. बाबुराम भट्टराई र कार्यकर्ता नेत्र विक्रम चन्द 'विप्लव' । 

जनयुद्धको नाममा प्रचण्डले धोका दिएको भन्दै अहिले चर्चा समेत हुने गरेको छ । उसोभए माआेवादीले नेपालमा जनयुद्ध सुरु गर्दा कति केन्द्रिय सदस्य थिए त ? यो भने रोचक विषय छ ।

हेर्नुहोस् यस्तो थियो त्यो बेलाको कमिटिः

पोलिटब्युरो कमिटिः
१) पुष्पकमल दाहाल ‘प्रचण्ड’, महामन्त्री, 
२) मोहन वैद्य ‘किरण’, पोलिट्व्यूरो सदस्य, 
३) डा. बाबुराम भट्टराई ‘लालध्वज’, पोलिट्व्यूरो सदस्य, 
४) रामबहादुर थापा ‘बादल’, पोलिट्व्यूरो सदस्य, 
५) पोष्टबहादुर बोगटी ‘दीवाकर’, पोलिट्व्यूरो सदस्य, 
६) सीपी गजुरेल ‘गौरव’, पोलिट्व्यूरो सदस्य

केन्द्रीय समितिः
७) हरिबोल गजुरेल ‘शितलकुमार’, केन्द्रीय सदस्य
८) यानप्रसाद गौतम ‘आलोक’, केन्द्रीय सदस्य, 
९) टोपबहादुर रायमाझी ‘अनिल’, केन्द्रीय सदस्य, 
१०) देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’, केन्द्रीय सदस्य, 
११) पम्फा भुसाल ‘विद्युत’, केन्द्रीय सदस्य, 
१२) दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’, केन्द्रीय सदस्य, 
१३) अग्नि सापकोटा ‘कञ्चन’, केन्द्रीय सदस्य, 
१४) फणिन्द्र आचार्य ‘अनल’, केन्द्रीय सदस्य, 
१५) लोकेन्द्र विष्ट ‘अभ्यास’, केन्द्रीय सदस्य 
१६) हरिभक्त कंडेल ‘प्रतीक’, केन्द्रीय सदस्य
१७) मातृका यादव ‘रामसिंह’, केन्द्रीय सदस्य
१८) दिनेश शर्मा ‘सागर’, केन्द्रीय सदस्य
१९) नारायण शर्मा ‘कमलप्रसाद’, केन्द्रीय सदस्य

यी १९ जना केन्द्रीय कमिटिका सदस्यमध्ये प्रचण्ड, बादल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देव गुरुङ, पम्फा भुसाल, अग्नि सापकोटा, माृतका यादव र नारायण शर्मा नेकपाको महत्वपूर्ण जिम्मेवारीमा छन् ।

त्यसैगरि मोहन वैद्य, डा. बाबुराम भट्टराई, सीपी गजुरेल, लोकेन्द्र विष्ट मुलधारबाट अलग भएर अलग समूह बनाएका छन् । 

मोहन वैद्य, सिपी गजुरेलले नेकपा क्रान्तिकारी–माओवादी गठन गरेका छन् भने, डा. बाबुराम भट्टराई नयाँ शक्तिका संयोजक छन् तर, लोकेन्द्र विष्ट नेकपाबाट अलग भएर बसेका छन् ।

जनयुद्धका केन्द्रीय सदस्यमध्ये सुरेश वाग्लेको २०५६ सालमा हत्या भयो भने दण्डपाणि न्यौपाने बेपत्ता पारिए । प्रखर वक्ता मानिने यानप्रसाद गौतम ‘आलोक’ पनि युद्धकै क्रममा मारिए, जतिबेला उनी पार्टी कार्वाहीमा थिए । त्यसैगरि पोष्टबहादुर बोगटीको शान्ति प्रक्रियामा आएपछि हृदयघातका कारण निधन भयो ।







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..