'जिससकी एक्ली छोरी' मुनको स्वघोषणाः प्रधानमन्त्री ज्यू ! धर्मको खुलेआम प्रचार गर्दा साक्षी बन्दिने ?


नेपाल पाना प्रकाशित: २०७५-८-१६ गते
'जिससकी एक्ली छोरी' मुनको स्वघोषणाः प्रधानमन्त्री ज्यू ! धर्मको खुलेआम प्रचार गर्दा साक्षी बन्दिने ?

काठमाडाैं । एसियस प्यासिफिक समिटमा एकनाथ ढकालले धर्म प्रचारको काम गरेरै छाडेका छन् । 

कोरियन धर्मगुरु हाक जा हान मुनले आफूलाई जिससकी एक्ली छोरी घोषणा गरेकी छन् । आफूलाई 'सच्चा माता' भन्ने गरेकी मुनले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन भने कोरियन भाषामा गरेकी छन् । 

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री तीन रात होटलमा बसेर गरेको भाषणलाई कोरियन भाषामा मुनले गरेको स्वघोषणाले लोप्पा खुवाइ दिएको छ । विशेष पाहुना बनेर सम्मेलनमा पुगेका आेली आफनो भाषण सक्काएर मुन नबोल्दै फर्किएका थिए ।

मुनले कोरियन भाषामा सम्बोधन गरेपनि विदेशी पाहुनालाई अंग्रेजी भाषामा रुपान्तरण गरेर उपलब्ध गराइएको पाइएको छ । सम्वोधनको नेपाली उल्था गराउँदा उनले आफूलाई ‘जिसस क्राइस्टकी एक्ली छोरी’ भनेर स्वघोषणा गरेको भेटिएको छ, त्यो पनि पटक–पटक ।

आयोजक युनिभर्सल पिस फेडेरेसन नेपालले कार्यक्रम धार्मिक नभएको भन्दै गरेको टिप्पणी गलत सावित बएको छ । कार्यक्रमका संयोजक तथा नेपाल शाखा अध्यक्ष एकनाथ ढकालले धर्मको प्रचार गर्न नेपालका प्रधानमन्त्रीदेखि सरकारी उच्च पदस्थलाई समेत उपस्थित गराउन सफल भएका छन् ।


ओली सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा
ओली सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट एवं अभिनेता विजय लामाले नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। हवाई क्षेत्रको प्रमुख सरकारी नियाम..

चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग
चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग

जुम्ला । जुम्लाका एक वडाध्यक्ष आफ्नै नगरवासीबाट कुटिएका छन्। नगरका जनताको भोटबाट स्थानीय तहको निर्वाचनमा वडाको प्रमुखमा निर्वाचित पातारासी गाउँपालिका ४ का वडाध्यक्ष कालीबहादुर..

वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !
वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ताको प्रयास गरेको छ । पछिल्लो पटक विप्लव समुह र प्रहरीविचको मुठभेडमा प्रहरीकै मृत्यु भएको घटनापछि सरकार गंम्भिर बन..

साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..