आशा देखाएर अपमानः भारतका मुख्यमन्त्री र पादरीलाई दिइएको तक्मा यसपालि प्रधानमन्त्री आेलीलाई !


नेपाल पाना प्रकाशित: २०७५-८-१७ गते
आशा देखाएर अपमानः भारतका मुख्यमन्त्री र पादरीलाई दिइएको तक्मा यसपालि प्रधानमन्त्री आेलीलाई !

काठमाडाैं । क्रिश्चियन धर्म प्रचारक संस्था युपिएफले प्रधानमन्त्री केपी शर्मा आेलीलाई प्रदान गरेको अवार्डसहितको पुरस्कारले नेपालको अपमान गरेको पाइएको छ ।  

'लिडरसिप एन्ड गुड गभर्नेन्स' अवार्डसहित एक लाख डलरको पुरस्कार राशी पाएर नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्ने भन्दै फुरुङ्ग परेका प्रधानमन्त्री आेलीलाई युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले अपमान गरेको हो । 

यसअघि यो विवादीत संस्थाले केरला चर्चका पादरी मार कुरिलोस र सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई यही प्रकृतिको अवार्डसहित पुरस्कार दिएको थियो । 

युसिएफले नेपालका प्रधानमन्त्रीलाई भारत केरलाका पादरी र प्रदेश मुख्यमन्त्रीसँगको मर्यादाक्रममा राखेर अपमान गरेको हो । स्वतन्त्र एवं सार्वभाैमसत्ता सम्पन्न मुलुकको प्रधानमन्त्रीलाई मुख्यमन्त्री र पादरीसँग तुलना गरेको भन्दै सत्तारुढ दल नेकपा भित्रै आलोचना सुरु भइसकेको छ । 

नेताहरु भीम रावल र घनश्याम भुसालले सामाजिक संजाल मार्फत उक्त कार्यक्रमको रकम सार्वजनिक गर्न माग गर्नुका साथै आयोजक संस्थाका अध्यक्ष तथा सांसद एकनाथ ढकालको पार्टी परिवार दलले गत निर्वाचनमा तत्कालीन नेकपा एमालेसँग गरेको चुनावी तालमेलले के फाइदा गर्यो र उनलाई यतिबेला आँखा चिम्लेर साथ दिनु परेको हो भन्दै तीब्र आलोचना गरेका छन् । 

उसो त युनिभर्सल पिस फेडेरेसनले यो कार्यक्रम फिजिमा गर्ने तयारी गरेको थियो तर, फिजियन सरकारले कार्यक्रममा बन्देज लगाएपछि नेपालमा गरिएको हो । 


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..