माधव-एकनाथ कनेक्सनले नेकपामा भाँडभैलो, यसकारण गरे माधवले कार्यक्रम संयोजन


नेपाल पाना प्रकाशित: २०७५-८-१७ गते
माधव-एकनाथ कनेक्सनले नेकपामा भाँडभैलो, यसकारण गरे माधवले कार्यक्रम संयोजन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवं पूर्चप्रधानमन्त्री माधव कुमार नेपाल विवादीत चर्चको कार्यक्रमका संयोजक रहेको तथ्य खुल्न आएको छ । 

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा होटेल हायातमा सम्पन्न एसिया प्यासिफिक समिटको संयोजन गरिरहेका नेता नेपाल पार्टी भित्रै आलोचित बन्दै गएका छन् ।

नेपाल परिवार दलका अध्यक्ष एवं युपिएफ नेपाल शाखा प्रमुख एकनाथ ढकालले विभिन्न समयमा नेता नेपाललाई विदेश भ्रमणमा लैजाने गरेपछि नजिकिएका उनीहरुको साझेदारी विवादीत चर्चको प्रचारमा समेत यथावत रहेको पाइएको छ ।

परिवार दलका अध्यक्ष ढकालले नेता नेपाललाई दर्जन बढि देश घुमाएर नेपालमा एसिया प्यासिफिक समिटको नाममा क्रिश्चियन धर्मको प्रचार गर्ने कार्यक्रमको सह-आयोजक बनाउन सफल भएका थिए । नेता नेपालले नै नेकपाका नेता तथा सरकारका प्रधानमन्त्री एवं अन्य मन्त्रीलाई कार्यक्रममा बोलाएका थिए । 

अन्तिम समयसम्म 'सच्चा माता' भनिने मुनद्वारा होली वाइन पिएर आशीर्वाद थापेका नेता नेपाल नुनको सोझो गर्न त्यहाँ बसेको स्रोतको दावी छ । तर, नेकपाका नेता भीम रावल र घनश्याम भुसाल भने खुला आलोचनामा उत्रिएर सरकारसँग जवाफ माग्ने भन्दै कड्किएका छन् ।  







‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...
मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका छन् । बुधबार बिहान सी..

नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..