कुमारी बैंकले १२ दशमलव ७५ प्रतिशत लाभांश शेयर दिने


प्रकाशित: २०७५-८-१७ गते
कुमारी बैंकले १२ दशमलव ७५ प्रतिशत लाभांश शेयर दिने

काठमाडौँ :  बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन । 

बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रहेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ७५ प्रतिशत शेयर लाभांशबाट रु ९१ करोड २२ लाख ८९ हजार ५७३ पूँजी थप हुनेछ । लाभांश शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब सात करोड ६३ लाख ४५ हजार पुग्नेछ । 

यस्तै स्टकले सोधपुछका लागि भन्दै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको शेयर कारोवारमा रोक लगाएको छ । समयमै उपयुक्त सूचना नदिएका कारण उनीहरूको कारोवार रोक लगाइएको स्टकले जनाएको छ । 

स्टकमा आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१ को शेयर मूल्य समायोजन भएको छ । सो योजनाले २१ दशमलव ०५ नगद लाभांश दिएसँगै प्रतिएकाइ १० रुपैयाँ ३९ पैसा हुने गरी मूल्य समायोजन गरिएको हो । 


सुनको भाउ घट्यो, कति आजको भाउ ?
सुनको भाउ घट्यो, कति आजको भाउ ?

काठमाडौं । आज सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक..

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्री..

कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..