राम शाह भन्थे 'न्याय नपाए गोरखा जानु', तर अहिले ‘न्याय नपाए सैनामैना जानू’ 


नेपाल पाना प्रकाशित: २०७५-८-१७ गते
राम शाह भन्थे 'न्याय नपाए गोरखा जानु', तर अहिले ‘न्याय नपाए सैनामैना जानू’ 

रुपन्देही । गोरखाका राजा राम शाह न्याय निसाफका लागि निकै कहलिएका थिए । उतिबेला उनले बनाएको कथन थियो 'न्याय नपाए गोरखा जानु' । तर यतिबेला  न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सैनामैना नगपालिकाले अभियान शुरु गरेको छ । 

मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया सहज होस् भन्ने उद्देश्यले वडाका एकसय अगुवालाई मेलमिलाप सम्बन्धी प्रशिक्षण दिइएको नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक बिना रानाले जानकारी दिए ।

वडाबाटै आउने साना विवाद वडामै टुङ्ग्याउन वडाका अगुवा सचेत हुन जरुरी भएको र उनीहरुको सहयोगमा मेलमिलापकर्ताले विवाद समाधान गर्नसक्ने भएकाले पहिलो चरणमा वडाका प्रतिनिधिसँगै अगुवालाई पनि प्रशिक्षण दिन थालिएको उनले बताए । 

नगरप्रमुख चित्रबहादुर कार्कीले भन्नुभयो , “पहिले न्याय नपाए गोर्खा जानु भन्थे अब न्याय नपाए सैनामैना जानु भन्ने बनाउनुपर्छ । ” मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया प्रभावकारी बनाएर छिटो न्याय दिन चेतनामूलक अभियान थालनी गरिएको उहाँले बताउनुभयो । 

समाजमा हुने हिंसा, झैझगडा, पारिवारिक समस्याजस्ता विवादलाई समयमै निवारण नगर्दा अदालतसम्म पुग्नुपर्ने स्थिति आउन नदिन विवाद निरुपणका लागि मेलमिलापकर्ता दक्षहुनुपर्नेमा नेकपाका नगर अध्यक्ष खुशीराम चौधरीले जोड दिए ।न्यायिक समितिका सदस्य सविता भण्डारीका अनुसार अहिलेसम्म न्यायिक समितिमा जग्गा विवाद, घरेलु हिंसा, अंशबण्डालगायत ४० उजुरी परेका छन् ।







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..