विवादीत संस्थाको कार्यक्रमका अतिथिलाई प्रधानमन्त्रीको हस्ताक्षरित निमन्त्रणा पत्र पठाइयो: भीम रावल


दुई तिहाइको कम्युनिष्ट सरकार एकनाथ ढकालको पेवा हो ? उनको र सरकारको सम्बन्ध के हो ?
नेपाल पाना प्रकाशित: २०७५-८-१७ गते
विवादीत संस्थाको कार्यक्रमका अतिथिलाई प्रधानमन्त्रीको हस्ताक्षरित निमन्त्रणा पत्र पठाइयो: भीम रावल


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले दुई तिहाईको सरकार एकनाथ ढकालले चलाएको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा प्रश्न गरेका छन् । 

भर्खरै मात्र काठमाडाैंमा सम्पन्न एसिया प्यासिफिक समिटको विरोधमा नेता रावलको यस्तो अभिव्यक्ति आएको हो । नेता रावलले कम्युनिष्ट सरकारले देखाएको रवैया अत्यन्तै खेदजनक भएको बन्दै आपत्ति जनाएका छन् । 

समिटका विदेशी पाहुनालाई प्रधानमन्त्री ओलीको हस्ताक्षरित पत्र जानु अत्यन्तै दुखद् कुरा रहेको भन्दै नेता रावल प्रधानमन्त्री र एकनाथ ढकालमाथि खनिएका छन् । 

प्रधानमन्त्रीले हस्ताक्षर गरेको पत्र एकनाथ जीले प्रस्तुत गर्नुहुनेछ भन्नूको अर्थ के  ? एकनाथ ढकाल कहिले देखि कम्युनिष्ट भए ? हुँदै नहुने कुरामा सरकारले कदम अगाडी बढाउन मिल्छ ?पक्कै पनि हामिले यस्ता कुराको नियन्त्रण गर्न सकेनाै‍ं भने अन्तत: हुने भनेको दुर्घटना नै हो । 

पार्टीमा बैठक छलपल नगर्ने तर सरकारले अनेक काम मनपरि ढंगले कुटनैतिक मर्यादा भुलेर गर्नेकुरा दुखद हो । एकनाथ ढकालजी र सरकारको सम्बन्ध के हो ?  नेता रावलले भनेका छन् । 

जनताले सम्मेलनको नामममा भएको सम्पूर्ण खर्चको विवरण थाहा पाउनु पर्छ । एकनाथको पार्टीका कार्यकर्ताले कोरिया जापानमा भिख मागेर नेपाल कै बेइजत गरेको र त्यहाँका मिडियाले समेत दिकदारी भएको भन्दै समाचार प्रकाशन गर्ने गरेकाले नेपालको अन्तराष्ट्रिय रुपमा इज्जत जान सक्ने बारेमा सरकार सचेत बन्नु पर्छ । तर, सरकार भने तीनै मान्छेको पछाडि बसेर लत्रिदै जान्छ । यो बन्दा दुखद कुरा के हुनसक्छ ?

रावलले एक अन्तरवार्तामा भनेका छन्, यो संस्था राम्रो थियो, विश्वव्यापी छवि राम्रो थियो, त्यसले साँच्चिकै नेपालको छविलाई माथि पार्थ्यो भने पनि प्रधानमन्त्री आफैले चिठ्ठी लेखेर विभिन्न देशका मान्छेलाई यो देशमा आउनु भनेर निम्तो दिन मिल्दैन । 
 







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..