'मदर मुन'बाट आशीर्वाद लिएँ, भीम रावलले खर्च विवरण माग्ने हो भने संयुक्त राष्ट्रसंघमा गए हुन्छः माधव नेपाल


नेपाल पाना प्रकाशित: २०७५-८-१८ गते
'मदर मुन'बाट आशीर्वाद लिएँ, भीम रावलले खर्च विवरण माग्ने हो भने संयुक्त राष्ट्रसंघमा गए हुन्छः माधव नेपाल

काठमाडाैं । विवादीत बनेको एसिया प्यासिफिक समिटको विरोध गर्नेहरु आफै समाप्त भएर जाने भन्दै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले ठोकुवा गरेका छन् । 

समिटको विरोध गर्ने नेकपाका नेता भीम रावलको तर्कमा कुनै तुक नरहेको भन्दै रावलसँग खर्च विवरण माग्न पाउने अधिकार नभएको जनाएका छन् । नेता नेपालले यसैक्रममा भने, यदि यसबारे चित्त नबुझेमा संयुक्त राष्ट्र संघमा माग्न सकिन्छ । होइन भने यस्ता बेतुकका कुरा गरेर बस्नु गलत हो । 

युनिभर्सल पिस फेडेरेसनको कार्यक्रम नेपालमा हुनु एकदमै खुशीको कुरा रहेको भन्दै आफूले मुनबाट आशीर्वाद लिएको नेता नेपालले जनाएका छन् । मुनको आशीर्वादले आफू थप बलियो बनेको समेत ठोकुवा गेका छन् । 

क्रिश्चियन धर्म प्रचार कार्यक्रमले नेपालमा पर्यटनको क्षेत्रमा समेत अतुलनिय फाइदा भएको भन्दै उनले समिटको बचाउ गरेका छन् । 

विवादीत छवि भएकी मुनलाई नेता नेपालले 'मदर मुन' भनेर सम्बोधन गर्दै उनी कुशल मान्छे भएको र उनीबाट धेरैले ब्लेसिङ लिएको र शान्ति समेत प्राप्त गरेको जनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा आेली र सभामुख कृष्णबहादुर महरा समेत समिटमा सहभागी भएको नेता नेपालले जनाएका छन् । तर, अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनालले कार्यक्रमको बहिष्कार गरेको भन्ने प्रश्नमा भने नेता नेपालले प्रचण्डको दाँत दुखेको कारण कार्यक्रममा नआएको ठोकुवा गरेका छन् । 

कार्यक्रम आयोजन गर्ने नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालको बचाउ गर्दै नेता नेपालले एकनाथ ढकाल राम्रो मान्छे भएको जनाएका छन् । उसो त ढकाल तीनै व्यक्ति हुन जसले नेता नेपाललाई विदेश भ्रमण गराउने गर्दछन् । 


ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..