टेकुमा मान्छे मारेर भागेका कार चलक सातापछि काभ्रेबाट यसरी समातिए 


प्रकाशित: २०७५-८-१८ गते
टेकुमा मान्छे मारेर भागेका कार चलक सातापछि काभ्रेबाट यसरी समातिए 

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्सिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ । 

परिसरको टोलीले मङ्सिर १२ गते बिहान ४ बजे कञ्चनपुर घर भई कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिई फरार रहेका चालक काभ्रेका ३६ वर्षीय कुमार श्रेष्ठलाई काभ्रेबाट पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार हत्या गरेर फरार रहेका श्रेष्ठलाई बा१५च ३२९३ नं को ओमिनो कार्गो भ्यानसहित काभ्रेबाट पक्राउ गरिएको हो ।

उनलाई भ्यान लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो । 

सवारीसाधनको ठक्करबाट मृत्यु भएका सिंह नेपाल प्रहरीका हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । चक्रबहादुरको द्वन्द्वकालमा २०५८ सालमा माओवादी आक्रमणबाट अछाम सदरमुकाम मङ्गलसेनमा निधन भएको थियो । 


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..