पोस्टरसहितका पोलमा आेइलाएको आेलीको मण्डले राष्ट्रवाद


नेपाल पाना प्रकाशित: २०७५-८-१८ गते
पोस्टरसहितका पोलमा आेइलाएको आेलीको मण्डले राष्ट्रवाद

काठमाडाैं । विवादीत संस्था युनिभर्सल पिस फेडेरेसनबाट नेतृत्व, सुशासन बिधाको अवार्ड र एक लाख डलर राशीको पुरस्कार थापेका प्रधानमन्त्री केपी शर्मा आेली नेतृत्वको सरकार निरिह र निकम्मा भएको नेपाली कांग्रेसले आरोप लगाएको छ । 

सामाजिक सुरक्षाको सुरुवात गर्दा प्रधानमन्त्री केपी शर्मा आेलीले नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिकहरुमा 'ज्याकेट विज्ञापन, र अनलाइन संचार माध्यममा 'रोड ब्लक' अर्थात स्किप एड दिएर तामझाम गरेका थिए । उनी यत्तिकैमा रोकिनेवाला थिएनन् । काठमाडाैं उपत्यकाका सडकका पोलहरुमासमेत पोस्टर टाँसेपछि उनी झनै आलोचनाको शिखरमा पुगेका थियो । 

यस्तै, विरोधमा निर्मलाको निम्ति न्याय माग्दै तीनै पोलहरुमा 'सरकार भेटियो  न्याय भेटिएन' भन्ने नारासहितका पोस्टरहरु रातारात टासिन थालेपछि सुरक्षाकर्मीको सहारामा सबै पोस्टरहरु च्यातिए । निर्मलालाई न्याय देउ भन्नेहरु प्रहरीको हिरासतमा पुगे । पोस्टर टाँस्नेहरुसमेत प्रहरीको फन्दामा परे । अति नै भयो भन्दै आन्दोलनको रुप फेरियो । जसमा झोला, बाइक, ज्याकेट लगायतका स्थानमा यस्ता खाले पोस्टर टाँसियो तर, पनि सरकार झन आक्रामक बन्दै गयो । 

देशको एक नागरिक न्याय माग्दा माग्दै मानसिक रोगको सिकार बन्ने स्थितिमा पुग्छ । सरकार यसबारे कुनै चासो देखाउदैन् । तर, विवादीत संस्थाको कार्यक्रममा भने पुरस्कार थाप्न कस्सिएर पुग्ने प्रधानमन्त्रीको आलोचना स्वभाविक नहोला भन्न कसरी सकिएला र ?

सरकारको कामकाजप्रति जति नै कुर्लिएपनि कमजोर प्रतिपक्ष आँकिएको नेपाली कांग्रेसले मात्र दुई तिहाईको आडमा टेकेको सरकार किन गल्थ्यो र ? अब कांग्रेस अन्य प्रतिपक्षीहरुसँग मिलेर सरकारको रवैया र हेपाहा प्रवृत्तिप्रति जाग्ने बेला आएको छ । यसका लागि कांग्रेस 'बिरोधका लागि बिरोध' मात्र नगरी विकासका लागि बिरोध भन्ने मुल एजेण्डाकासाथ अगाडि बढ्ने हो भने तत्काल जनताले र दीर्घकालमा राष्ट्रले मुक्ति पाउने थियो । 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..