धर्म परिवर्तन गराएको अभियोगमा प्रधानमन्त्री आेली विरुद्ध प्रहरीमा मुद्धा 'दर्ता'


नेपाल पाना प्रकाशित: २०७५-८-१८ गते
धर्म परिवर्तन गराएको अभियोगमा प्रधानमन्त्री आेली विरुद्ध प्रहरीमा मुद्धा 'दर्ता'

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेलीले धर्म परिवर्तन गराउन कसुर गरेको अभियोगमा जाहेरी लिएर गएका कानुन व्यवसायीलाई प्रहरीले फिर्ता पठाएको छ । 

प्रधानमन्त्रीले धर्म परिवर्तन गराएको भन्दै जाहेरी दिन पुगेका कानुन व्यवसायी अधिवक्ता भुपेन्द्र पोखरेललाई काठमाडाैं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले उल्टै गाली गरेर जाहेरी दर्ता नगरि फिर्ता पठाएका हुन् । 

अधिवक्ता पोखरेलले जाहेरीमा भनेका छन्, ‘लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटल हायालमा क्रिष्चिय सम्मेलन गरेर जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाले नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवाद समेत लिने काम भएको छ ।’

अपराध (संहिता) ऐन २०७४ को दफा १५८ को १, २ विपरित धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भइ विवादित संस्था यूपीएफको अवार्ड वा उपहार, तकमा दिने कार्य संविधानको धारा २७७ विपरित भएको उनले जाहेरीमा दाबी गरेका छन् ।

अधिवक्ता पोखरेलले नेपालपानासँग भने, संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर प्रष्ठ व्याख्या गरिपनि प्रधानमन्त्री आेली धर्म प्रचारको कार्यक्रममा सहभागी भएको र उनीहरुबाट अवार्डसहित नगद रकम लिएकाले धर्म परिवर्तन सम्बन्धि उद्योग अन्तरगत जाहेरी दिन पुगेको थिए । तर, प्रहरीले जाहेरी नै लिन मानेन् । यसबारे के गर्ने भन्नेबारे थप छलफल गरेर अगाडि बढ्ने सोचमा पुगेर फर्केको छु । 


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..