न्यायधीश चोलेन्द्रमाथि आरोपः तीन अर्बको जग्गा सेटिङ मिलाउन तीन करोड घुस


नेपाल पाना प्रकाशित: २०७५-८-१९ गते
न्यायधीश चोलेन्द्रमाथि आरोपः तीन अर्बको जग्गा सेटिङ मिलाउन तीन करोड घुस

काठमाडाैं । झण्डै ३ अर्ब बढि मूल्य बराबरको जग्गासम्बन्धि मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर राणाले भूमाफियाको पक्षमा फैसला गर्न विभिन्न षडयन्त्र रचेको आरोप लगाइएको छ । 

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेर पठाएका सर्वोच्चका न्यायाधीश चोलेन्द्रले राजधानीको धापासीस्थित हेपाली हाइटको ५२ रोपनी जग्गा भूमाफियाको हातमा पर्नेगरि फैसला गराउन तीन करोड रकम समेत लिएको आरोप लगाइएको छ ।

सशस्त्र प्रहरीको उक्त जग्गासम्बन्धी मुद्धा भूमाफियाहरुले आफ्नो हातमा पार्न मनोज भेटवाल, दीपक भेटवाल, महेन्द्र श्रेष्ठ र बाबुराम श्रेष्ठले न्यायाधीश राणामार्फत सेटिङ गरिरहेको भन्दै उजुरी पत्रमा जनाइएको छ । यीनै माफियाबाट राणाले उक्त घुस रकम लिएको उजुरीमा दावी गरिएको छ ।

संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिका नाममा दिइएको एक उजुरीमा उक्त मुद्दाको पेसी गत सोमबारका लागि तय भए पनि न्यायाधीश राणाकै डिजाइनमा स्थगित भएको स्रोतको दाबी गरिएको छ । मुद्दामा न्यायाधीशद्वय ईश्वर खतिबडा र डा.आनन्दमोहन भट्टराईको इजलास तोकिए पनि सोमबार बिहान कजलिस्ट निस्किँदा भूमाफियाकै चासोका कारण स्थगित गरिएको उजुरीमा उल्लेख छ । 

उजुरीमा भनिएको छ, राणा प्रधानन्यायाधीश बनेपछि यसबारे फैसला गर्ने गरि भेटवाल र श्रेष्ठको समुह सक्रिय ढंगले लागेको छ । उसो त भेटवाल पुरानो बसपार्कमा भ्यु टावर बनाउने समुहका मान्छे हुन् जो एपेक्स बैंक घोटाला काण्डमा मुछिएपछि प्रहरीले थुनामा लिएर अनुसन्धान गरिरहेको छ । 

भूमि व्यवस्थापन विभाग, मालपोत कार्यालय चाबहिल, नापी कार्यालय चाबहिल र सशस्त्र प्रहरी बललाई विपक्षी बनाएर गोपीलाल महर्जन, सन्तु महर्जन, शुक्ललक्ष्मी महर्जन र ज्ञानबहादुर महर्जनले निर्णय बदरका लागि २०७४ असार १९ मा मुद्दा दर्ता गरेका थिए । 

आनाको ४० लाख पर्ने उक्त जग्गाको मूल्य प्रतिआना ३५ लाख कायम गरिए पनि दुई अर्ब ९१ करोड पर्न आउँछ ।  यो मुद्दामा २०७४ असोज ३, २०७४ मंसिर ११, २०७४ पुस २०, माघ ११ र चैत ८ पछि एकैचोटि नौ महिनापछि २०७५ मंसिर १८ मा पेसी तोकिएको थियो ।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..