न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प, सुनामीको चेतावनी


नेपाल पाना प्रकाशित: २०७५-८-१९ गते
न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प, सुनामीको चेतावनी

न्यूजिल्याड । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । 

सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए । 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस०का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ । न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ । 


कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?
कश्मीर मामिला : मोदी र ट्रम्पले टेलिफोनमा आधाघण्टासम्म के कुरा गरे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मामिलाबारे पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन कुराकानी गरेका छन् । जम्मु–कश्मीरलाई लिएर भा..

अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु
अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु

काठमाडौं । अत्याधिक वर्षासँगै आएको बाढिपहिरोका कारण भारतमा ४१ जनाको मृत्यु बाढिका कारण भारतको उत्तराखण्डमा १७ जनाको मृत्यु भएको छ भने हिमाचलमा पहिरो जाँदा २४ जनाको मृत्यु भ..

भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !
भारतको परमाणु हतियारलाई लिएर पाकिस्तानी प्रधानमन्त्री 'त्रस्त' !

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग भएको परमाणु हतियारबारे त्रस्त हुँदै अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागेका छन् ।  विधुतीय सामाजिक सञ्जाल ट्वीट..

आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती
आत्मघातीले विवाह मण्डप नै उडाइदिँदा काबुलमा ठूलो मानवीय हताहती

अफगानिस्तान । राजधानी काबुलमा भईरहेको एक विवाह समारोहमा आत्मघाती बम आक्रमण भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले पछिल्लो हमलामा कैयौं मानिसको ज्यान गएको जनाएको छ । ..