नारायणी रंगशालालाई राष्ट्रिय स्तरको बनाएरै छाड्ने सांसद प्रदीप यादवको घोषणा


नेपाल पाना प्रकाशित: २०७५-८-१९ गते
नारायणी रंगशालालाई राष्ट्रिय स्तरको बनाएरै छाड्ने सांसद प्रदीप यादवको घोषणा

वीरगन्ज । संघीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष एवम् सांसद प्रदीप यादवले खेलकुद क्षेत्रको विकास गर्न वीरगञ्जमा रहेको नारायणी रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । 

उक्त रंगशालाको क्रिकेट मैदानमा आयोजित नेपाल मेडिसिटी प्याब्सन टि–ट्वेन्टी नकआउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सांसद यादवले खेलकुद क्षेत्रको विकासमा स्थानिय युवा, खेलप्रेमि र अन्य क्षेत्रको सहयोगमा स्तर उन्नति गरेरै छाड्ने प्रतिवद्धता जाहेर गरेका हुन् । 

टुर्नामेन्टका बिजेता रहेको सेन्ट जेभियर्स हाइस्कुलको टिम र अन्य विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थी खेलाडीहरुलाई सांसद यादवले पुरस्कार तवितरण गरेका हुन् । सांसद यादवले विद्यार्थीहरुले खेलको मैदनमा हानेको जस्तै मधेसको मागको सवालमा आफुले संघीय संसदमा छक्का हान्ने प्रतिबद्धता जनाए ।

सांसद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्याब्सन पर्साका अध्यक्ष हरिशंकर साहको सभापतित्वका साथै प्रदेश सांसद जन्नत अन्सारी र नेपाल प्याब्सन केन्द्रीय प्रतिनिधि गोपाल कार्की बिशिष्ठ अतिथी रहेका थिए । पसुपति बिक्रम साह, फोरम नेपालका नगर अध्यक्ष इश्वर यादव, श्याम बन्जारा, प्याब्सन बाराका अध्यक्ष राजमहमद राय लगायतले शुभकामना मन्तब्य राखेका थिए । टुनामेन्टमा मनोकामना माबि उपबिजेयता भएको थियो ।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..