नारायणकाजी, भीम रावल र घनश्याममाथि प्रधानमन्त्रीको जवाफः मैले थोरै बोलेभने पनि थला पर्नुपर्ला, के गराैं- उत्तर दिउँ ?


नेपाल पाना प्रकाशित: २०७५-८-२० गते
नारायणकाजी, भीम रावल र घनश्याममाथि प्रधानमन्त्रीको जवाफः मैले थोरै बोलेभने पनि थला पर्नुपर्ला, के गराैं- उत्तर दिउँ ?

काठमाडाैं । विवादीत युनिफिकेसन चर्चको कार्यक्रममा गएर आलोचुत बनेका प्रधानमन्त्री केपी शर्मा आेलीले क्रोध साँध्दै आफूले बुद्धिजीवीाथि थोरै मात्र बोलिदिए थला पारेर छाड्ने जनाएका छन् । 

नेपाल टेलिभजनबाट प्रशारण हुने कार्यक्रम 'जनतासँग प्रधानमन्त्री'मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

बुद्धिजीवीका तर्क र टिप्पणी आफूले सुक्ष्म रुपमा हेर्दै आएको भन्दै आेलीले देखाइदिन्छु भनेर तर्साउन खोजेका छन् । विवादीत चर्चको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीले उक्त संस्थाले नेपालको केहि नबिगारेको र नेपालबारे संस्थाले कहिल्यै नराम्रो नसोचेकाले विवाद निकाल्नु व्यर्थको काम भएको जनाएका छन् । 

एकनाथ ढकाल र माधव नेपालको वचाउमा उत्रेका प्रधानमन्त्री आेलीले बुद्धजीवीबारे आखिर के जानेका छन ? र उनले नाङ्गे झार पार्छु भन्दै छन ? त्यो भने प्रधानमन्त्री लाई नै थाहा होला तर, उनकै पार्टीका नेता तथा बुद्धिजीवी नारायण काजी श्रेष्ठ, भीम रावल र घनश्याम भुसाल लगायतका जमातलाई के देखाउलान त्यो भने हेर्न बाँकी नै छ । 

कार्यक्रममा प्रधानमन्त्री आेलीले भनेका केहि कुराहरु यस्ता छन्ः

‘कुनै कुनै बुद्धिजीवीहरूका टिप्पणी अत्यन्तै असभ्य तल्लो स्तरका देख्छु। त्यस्ता बुद्धिजीवीहरूलाई एक पटक मसँग पहिले सञ्चार माध्यममा आउनुभन्दा अगाडि, किनभने जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावाना हुन्छ। त्यसकारण म थला पार्न चाहन्नँ। उहाँहरूलाई म जान्दछु। त्यसकारण मसँग एक पटक उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नु भएको हो कि होइन? म उहाँहरूलाई सोध्न पनि चाहन्छु उहाँहरूका असलीयतहरू- जस्ता असभ्य ढंगले उहाँहरूले बोल्नु पनि भएको छ । त्यसमा अलिकती असलीयतहरू बाहिर आउँदा के हुन्छ । अलिक विचार गरे हुने हो। 

मलाई कति मात्र भन्न मन छ भने सरकारकै भत्ता खाने पेन्सन खाने सुविधा लिने, अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा, गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति अर्को। यस्ता प्रवृत्तिहरू र अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने, अर्को मैले देखेको छु। यस्तो भएको हुनाले, त्यो त किनेको जस्तो पारिश्रमिक जस्तो यस्तो गरेर यस्तो भएको भन्ने अत्यान्त अपमानजनक ढंगले म जवाफ दिइरहन चाहन्नँ। तर उहाँहरूलाई म सोधी चै रहन्छु। जवाफ दिउँ?’







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..