ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय बनाउन सांसद यादवको जोड


नेपाल पाना प्रकाशित: २०७५-८-२० गते
ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय बनाउन सांसद यादवको जोड

विरगंज । संघीय सामाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम क्षेत्र नं.१ का सांसद प्रदिप यादवलाई ठाकुरराम बहुमुखी क्याम्पसले बिहिबार भव्य सम्मान गरेको छ । 

सांसद यादवले सामाजिक क्षेत्र लगायत शिक्षा क्षेत्रमा विशेष योगदान पुरयाए वापत क्याम्प प्रमुख डा.प्रमोद कुशवाहाले दोसल्ला र मायाको चिन्हो प्रदान गरेर सम्मान गरे । सम्मान ग्रहण गर्दै सांसद यादवले उपत्यका बाहिर देशको पहिलो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसले शिक्षा क्षेत्रमा अमुल्य योगदान पुरयाएको भन्दै यस क्याम्पसका विद्यार्थी देशको प्रधानमन्त्री, मन्त्री सांसद लगायत उच्च पदस्तका अधिकारीहरु समेत भएको दाबी गरे । 

सांसद यादवले ठाकुरराम बहुमुखी क्याम्पस मधेशकै धरोहर भएको बताउदै यसलाई विश्वविद्यालय बनाउन सबै क्षेत्रबाट पहल हुनुपर्ने जरुरी रहेको कुरामा जोड दिए । सांसद यादवले ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक पुर्वाधारको बजेटको लागि आफुले प्रधानमन्त्रीसंग पहल गर्ने आश्वासन दिए । कार्यक्रममा सांसद यादवले क्याम्पसलाई २ लाख बराबरको वाटर प्युरि फायर मेसिन समेत हस्तानान्तरण गरे । 

कार्यक्रममा क्याम्पसले रुगंटा वेल फेयर सोसाईटीका कोषध्यक्ष सुरेश रुगटालाई समेत सम्मान गरेको छ । कार्यक्रममा सहायक क्याम्पस प्रमुख रोशन लामिछाने, हरेराज यादव, रघुनाथ चौरसिया, प्रध्यापक ईन्दुशेखर मिश्रा, देवेन्द्र मिश्रा,राजदेव कुशवाहा, सुशिल भटराई फोरम नेपालका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी, पुर्व स्वियु सभापति मुकेश द्विवेदी,विद्यार्थी नेता निखिल वर्णवाल लगायतको उपस्थिति रहेको थियो ।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..