निर्मलाको हत्या गरेको रावलको साविति बयान, भाैतिक कारबाही गर्ने भनेका विप्लवका प्रवक्ताले के गर्लान ?


नेपाल पाना प्रकाशित: २०७५-८-२० गते
निर्मलाको हत्या गरेको रावलको साविति बयान, भाैतिक कारबाही गर्ने भनेका विप्लवका प्रवक्ताले के गर्लान ?

काठमाडाैं । निर्मला प्रकरणमा काठमाडाैंबाट समातिएका प्रदीप रावलले हत्यामा संलग्न रहेको साविति बयान दिएका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) स्रोतका अनुसार राववले हत्यामा संलग्न रहेको स्विकार गरेका छन् । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन् । गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ । 

सीआईबीले रावलसँग गएराति १० बजेदेखि २ बिहान बजेसम्म बयान लिएको थियो । सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन् । तर, प्रहरीले भने उनको डीएनए टेस्ट गरेर मात्रै सार्वजनिक गर्ने भन्दै उनीबारे प्रतिक्रिया जनाएको छैन् । शुक्रबार उनको डीएनए रिपोर्ट आउँदै छ । 

तर, जनसभामा निर्मलाको हत्यारालाई समातेर भाैतिक कारबाही गर्छाैं भनेर कुर्लिएको विप्लव निकट नेकपाले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन् । विप्लवका प्रवक्ता खस्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' ले छिट्टै दोषी सार्वजनिक गर्ने र कडा भाैतिक कारबाही जनाउदै आएका छन् । 


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..